सिन्धु कांग्रेसमा कहि कतै खटपट नभएकाे नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चाेक २ का क्षेत्रिय सभापती आइतमान तामाङले बताउनुभएकाे छ ।
नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वाेधन गर्दै तामाङले सिन्धुपाल्चाेक जिल्ला जंग बहादुर लामाले चलाएकाे र क्षेत्र आफुले चलाएकाेले कहिँ कतै खटपट नभएकाे बताउनुभयो । “पार्टीले मिलाउने कुरामा कहि कतै कमि छैन । सबै भुगाेल र ठाउँ मिलाएर लैजानुपर्ने छ । काेहि रिसाउनुपर्ने ठाउँ छैन”, उहाँले भन्नुभयाे । भाेलीकाे दिनमा जिल्ला, क्षेत्र र नगर सबै मिलाएर लैजाने उहाँले बताउनुभयाे ।
सिन्धुपाल्चाेक – काठमाण्डाै सम्पर्क समिति जिल्ला सभापतीकाे टिमले बनाउने समिति भएकाे बताउँदै जिल्ला सभापती जंग बहादुर लामाले बनाएकाे समितिनै बैधानिक भएकाे तामाङले बताउनुभयाे । “यहाँ काेहि काेहिले अबैधानीक समिति बनाएकाे छ, त्याे मान्य छैन”, तामाङले भन्नुभयाे “हामी बिधान सम्मत चल्छाैँ । मिसन ८४ मा कांग्रेस पहिलाे पार्टी हुनेछ” ।
आफु मेयर भएपछि प्रदेश बाट आएकाे २० कराेड फर्काएकाे भन्ने हल्ला गलत भएकाे भन्दै मेलम्ची नगरपालिकाका प्रमुख समेत रहनुभएका तामाङले भन्नुभयाे “गत बर्ष २० कराेड सिंचाई बिभाग बाट आएकाे हाे त्याे काम भईसक्याे”। “हामीले २० कराेड राेकेकाे भन्ने हल्ला मात्रै हाे, एउटा मेयर संग संघ र प्रदेश बाट आएकाे बजेट राेक्ने हैसियत हुँदैन”, तामाङले थप्नुभयाे ।
क्षेत्रीय सभापती तामाङले जिल्ला सभापती लक्षित गर्दै आफु सभापतीकाे पछि हिडेकाे बताउनुभयाे। जिल्ला सभापती हिँडेकाे बाटाे सहि रहेकाे उहाँले जानकारी दिनुभयाे । “हामी तपाईकाे पछि छाैँ । प्रदेश, पालिका र वडा कार्यसमिति तपाईकाे पछाडी छ”, जिल्ला सभापती जंग बहादुर लामा लाई तामाङले आस्वासन दिनुभयाे ।