रेडियो मिसन ।
बाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बिकास निर्माण र जनसेवाको लागि म सधै तयार रहेको बताउनुभएको छ । मन्त्री दुलालले काम गर्न कुनै पद नचाहिने बताउँदै पदमा नहुँदा पनि जनप्रतिनिधिको नाताले बिकास निर्माण र जनसेवाको लागि आफू सधै तयार रहेको बताउनुभएको हो ।
ऐसेलुखर्क माबिको आयोजनामा भएको शुभकामना आदान प्रदान एवम अभिनन्दन कार्यक्रममा मन्त्री दुलालले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री दुलालले आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको पनि जानकारी गराउनुभयो । त्यस्तै सबैले मिलेर काम गरे छिटो बिकास हुने बताउँदै राम्रो काम गर्नेको खुट्टा तान्ने प्रबृत्तिले गर्दा बिकास हुन बाधा पर्ने उहाँको भनाई थियो ।
ऐसेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको पनि बताउनुभयो । आफ्नो कर्म थलोको सेवा नगरी बिदेश गएर देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नु पर्ने उहाँको भनाई थियो ।
विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो । त्यस्तै मन्त्री दुलालले बिद्यालयको घेराबारको लागि बजेट छुटयाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।