रेडियाे मिसन, मेलम्ची
मेलम्ची बजार सरसफाई गरि मेलम्चीमा ६८ औं प्रहरी दिवस मनाईएकाे छ । इलाका प्रहरी कार्यालय मेलम्चीकाे अायाेजनामा दिवस मनाइएकाे हाे ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, मेलम्ची नगर उद्याेग वाणिज्य संघ, ससस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानिय लगायतकाे उपस्थितिमा बजार सरसफाई गरिएकाे इलाका प्रहरी कार्यालय म्लम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयाे ।
सरसफाईकाे क्रममा इलाका प्रहरी कार्यालय मेलम्ची देखि पिपलबाेट सम्मकाे क्षेत्रमा सरसफाई गरिएकाे छ । सडकमा भएका फाेहाेरहरू सफा गर्नुका साथै सडक पेटी मिचेर व्यापार गरिरहेका ब्यापारिहरू लाई सचेत समेत गराईएकाे छ ।
मेलम्ची बजार सरसफाई कार्यक्रम पश्चात नगरप्रमुख आइतमान तामाङले बजारका अरू ठाउँहरूकाे पनि सरसफाई गर्दै जाने बताउनुभयाे । अब्यबस्थित भएका बजारलाई ब्यबस्थित बनाउन चाँडै नै केही याेजना बनाउने र नगरपालिकाले सुचना नै जारी गरेर सडकका पेटी खाली गर्न लगाउने उहाँकाे भनाई छ । सडकमा जथाभावि सवारी पार्कीङ गर्न नदिने समेत तामाङले जानकारी दिनुभयाे । प्रहरी २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय रहेकाले सधै सम्मान गर्नुपर्ने तामाङको भनाई थियो । उहाँले चोरीका घटनाहरु बढ्दै गएको उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न आग्रह समेत गर्नुभयो ।
प्रहरी दिवसमा मेलम्ची लगायत अधिराज्यभर सरसफाई कार्यक्रम गरिएकाे इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिनुभयाे । प्रहरीले सरसफाई अभियान सुरू गरेपछि जनप्रतिनिधामा पनि हाैसला आएकाे उहाँले जानकारी दिनुभयाे ।
सरसफाई पश्चात् नागरिकहरू सचेत भएकाे उहाँले जानकारी दिनुभयाे । बजार क्षेत्रमा असुरक्षा बढेकाेले सिसि क्यामेरा जडान गर्ने उहाँले बताउनुभयाे । मेलम्चीमा १५ वटा सिसि क्यामेरा राख्न आवस्यक रहेकाे र हाल इलाका प्रहरी कार्यालय मेलम्ची लाई प्राप्त बजेट बाट ३,४ वटा मात्र सिसि क्यामेरा राख्न सकिने र अरू बजेट नगरले ब्यबस्थापन गरिदिन उहाँले आग्रह गर्नुभयाे ।