सिडिइसिएफको २६ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधरण सभा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च सिडिइसिएफको २६ औं स्थापना दिवस २४ औं बार्षिक साधरण सभा तथा सामाजिक लेखा परिक्षण, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष रामजी थापाको सभापतित्व तथा इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख अतिथ्यतामा सँस्थाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै सँस्थाका उपाध्यक्ष इश्वरी प्रसाद अधिकारीले धेरै संघर्ष पछि सँस्था यो स्थानमा आइपुगेको बताउँदै सँस्थालाई यहाँ सम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुभयो । साथै सँस्थाले आफ्नै भवनमा कार्य सञ्चालन गर्दै आएको बताउँदै यसको संरक्षणमा स्थानीय तहबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले सँस्थाले गरेका कामहरुको अवस्था हेर्दा जिल्लामै टप सामाजिक सँस्था रहेको बताउनुभएको छ । सँस्थाको दक्षता क्षमता र कार्यकुशलता देखेर बिभिन्न आइएनजिओहरुको रोजाईमा पर्ने गरेको उहाँको भनाई थियो । गाउँपालिकाले अहिले पनि बिभिन्न सँघ सँस्थाहरुसँग मिलेर काम गरिरहेको जानकारी गराउँदै, बिकाश र समृद्धिको यात्रामा अघि बढ्न सामाजिक संघ सँस्थाहरु सँगको सहकार्य आवश्यक रहेकोले गाउँपालिकाले सबै सामाजिक संघ सँस्थाहरुलाई सहकार्यका लागी स्वागत गर्ने बताउनुभयो । यो सँस्था बिशुद्ध सँस्था भएपनि पार्टीको लेप लाग्ने गरेको उहाँको भनाई थियो । यस सँस्थाले धेरै काम गरेको तर आफूले कामको समेत जस लिन नसकेको बताउनुभयो ।

सँस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रामजी थापाले सँस्थाले राम्रो काम गरेर अझै माथी लैजान मीहेनत गरिरहेको बताउनुभयो । आफूले राम्रो काम गरेर देखाए अरुको नजरमा पर्ने र उसले राम्रो भन्दिए मात्रै राम्रो हुने भएकोले यो कार्यक्रमका वक्ताहरुको मन्तब्यमा सुनिसकेको उहाँको भनाई थियो ।

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले शुभकामना मन्तब्य राख्दै यस सँस्थाले पूर्वाधार बिकास, सामाजिक समाबेशिकरण तथा महिला शशक्तिकरण लगायत बिभिन्न क्षेत्रमा काम गरेको बताउनुभयो । सँस्थाले राज्यका निकायहरु पुग्न नसकेकोे स्थानमा समेत पुगेर काम गरेको बताउँदै उहाँले सँस्थाले काम नगरेको कुनै क्षेत्र नभएको दाबी गर्नुभयो । सिडिइसिएफ कार्यको हिसाबले हेर्दा जिल्लामै प्रतिस्पर्धी बिहिन एक मात्रै सामाजिक सँस्था रहेको उहाँको धारणा थियो ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सिडिइसिएफ बिगत देखि नै एक जनमुखी र बिकासप्रेमी सँस्था रहेको धारणा राख्नुभयो । सँस्थाप्रति उत्तरदायि रहेको बताउँदै सँधै साथ र सहयोग गरिरहने प्रतिबद्धता जानउनुभयो । साथै प्रशंसनिय काम गरेका कारण बिभिन्न सँस्थाहरुले बिश्वास गरी साथ र साझेदारी गर्दै आएको उहाँको भनाई थियो ।

इन्द्रावती गाउँपालिका वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले सँस्थाले अहिलेसम्म धेरै जनालाई रोजगार दिएको बताउँदै निरन्तर प्रयासले सँस्था यहाँसम्म आइपुगेको धारणा राख्नुभयो । साथै सँस्थाले सबै क्षेत्रमा समाबेशी हिसाबले काम गर्दै अभएको बताउनुभयो ।

साझेदास सँस्था हेफर नेपालका प्रतिनिधी शान्त भट्टराईले सिडिइसिएफ सँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै सँस्थाको परियोजना सकिँदा पनि आफ्नै क्षमताले काम गर्न सक्ने खालको हुने गरी काम गर्न यस सँस्था सँग साझेदारीको पाइला राखेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य तिलक रोक्का, वडा नम्बर ७ का सदस्य तिर्थ बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सँस्थाका कार्यकारी निर्देशक गोबिन्द प्रसाद सापकोटाले सँस्थाको २०७९ ८० को प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष राधिका तिमल्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सँस्थाले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, नेपाल जल तथा मौसम बिज्ञान प्रकोपको जोखिम कम गर्न समुदायकेन्द्रित पूर्व सुचना प्रणली बिस्तार कार्यक्रम, झोलुङ्गे पुलमा प्राबिधिक तथा सामाजिक परिचालन सहयोग, कृषि तथा पशु बिकाशमा आधारित साना किसान तथा युवा उद्यमशिलता कार्यक्रम,स्वास्थ्य तथा सामाजिक सुरक्षामा अपाङ्गता भएका महिलाहरु र बालबालिकाहरुको पहुँचको लागी सहजिकरण परियोजना लगायत बिभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । सँस्थाल यी शिर्षकका पनि बिभिन्न क्षेत्रमा काम गर्दै आएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा सँस्थाका पदाधिकारीहरु, पूर्व अध्यक्षरु, कर्मचारीहरु, सुक्षा निकायका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply