निर्वाचन क्षेत्रका सबै सडक पक्की बनाउने कामकाे सुरुवात भएको छ : मन्त्री दुलाल 

रेडियो मिसन, नवलपुर इन्द्रावती गाउँपालिकाको सबैतिरबाट बाटो पक्की हुने कामको सुरुवात भएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।  मेलम्ची – चौतारा सबैतिर बाट सडकहरू पक्की हुने काम भइरहेको उहाँले बताउनुभयाे ।  श्री नवलपुर माध्यमिक विद्यालयकाे ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै दुलालले सबैको साथ सहयोग र हौसलाले काम गर्ने प्रेरणा […]

Continue Reading

समाजसेवि गिरीद्वारा नवलपुरका माविमा ३ सय ४३ शिक्षक, विद्यार्थीलाई ट्रयाक सुट वितरण

रेडियो मिसन ,नवलपुर नवलपुर माध्यमिक विद्यालयका तीन सय ४३ शिक्षक, विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ। श्री नवलपुर माध्यमिक विद्यालयको ७५ औँ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले ३४३ सेट ट्रयाक सुट वितरण गर्नुभएको हाे । गिरीले आफ्नो निजी खर्च बाट नवलपुर माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभएको हाे ।  नवलपुर […]

Continue Reading

नवलपुर माविले मनायाे ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला 

इन्द्रावती ४ मा रहेको नवलपुर माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले ७५ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले शिक्षा दिने शिक्षकलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । ढुङ्गामै शिक्षा लिएकाहरूको […]

Continue Reading

तामाङ घेदुङ मेलम्चीद्वारा आयोजित वृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न

नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिका द्वारा आयोजित २८६० औँ डुक ल्हो सोनाम ल्होछार २०८० बृहत् सांस्कृतिक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।  मेलम्ची नगरपालिकाको सहयोगमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले ल्होछार सम्पूर्ण नेपालीहरूले मान्दा फरक नपर्ने बताउनुभएको छ । अरू नयाँ बर्ष हरूलाई सबैले मानेजस्तै ल्होछार मान्न सकेमा अझ राम्रो हुने बताउँदै […]

Continue Reading

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सिन्धुपाल्चोकको कार्यसमिति बैठक सम्पन्न, फाल्गुन २७ मा शपथ ग्रहण गर्ने निर्णय

रेडियो मिसन ।राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सिन्धुपाल्चोक जिल्ला कार्यसमिति पदाधिकारी बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न ६ वटा एजेन्डा प्रस्तुत गर्दै साङ्गठनिक निर्णय गरेको जिल्ला कार्य समिति सचिव सरोज केसीले जानकारी दिनुभयो ।९ जना उपस्थित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले शुभ मिलन शुभ अङ्क ९ […]

Continue Reading

नौलिङ्गेश्वरी आधारभूत विद्यालयको ५५ औँ वार्षिकोत्सव सम्पन्न 

श्री नौलिङ्गेश्वरी आधारभूत विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेको ५५औ वार्षिकोत्सब शनिबार सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले नेपालमै बसेर आफ्नो परिवारसँगै बसेर अध्ययन र काम गर्छु भन्ने भावना विद्यार्थीमा विकसित गराउन शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले बुढा बा आमा मात्र देशमा रहने वातावरणको […]

Continue Reading

वित्तीय प्रगतिमा मेलम्ची नगरपालिकाको वडा नम्बर १० पहिलो

मेलम्ची नगरपालिकाको वित्तीय प्रगतिमा वडा नम्बर १० पहिलो भएको छ । नगरपालिकाको हालसम्मको पुँजीगत खर्चमा वडा नम्बर १० ले  वित्तीय प्रगति ७९.४५ प्रतिशत हासिल गरेको हाे ।  नगरपालिकाका १३ वटा वडाहरू मध्ये वडा नम्बर १० आर्थिक प्रगति विवरणमा  पहिलो भएको वडा अध्यक्ष अमृत खनालले जानकारी दिनुभयो । निर्माण कार्य समयमै सम्पन्न गर्नुहुने निर्माण उपभोक्ता समिति तथा […]

Continue Reading

कुञ्चाेककाे चुने छाँगा र रातोपहरा बिचमा भेटियो अदभूत गुफा

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को थापा टोल सेरा सिपाखोला हुँदै इन्द्रावती ९ भोटसिपा जोड्ने सडक निर्माणको क्रममा गुफा भेटिएको छ ।   बाटो निर्माण गर्ने क्रममा इन्द्रावती ३ चुनेछाँगा र रातोपहरा बिचमा एउटा अदभूत गुफा फेला परेको स्थानीय तथा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि उद्धव बानियाँले जानकारी दिनुभयो ।  गुफामा विभिन्न देवताहरुको आकृति भएको मूर्तिहरू […]

Continue Reading

पाँचपोखरी टी–२० क्रिकेटका लागी मेलम्चीद्वारा खेलाडी छनोट : काे काे छन टिममा

पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको लागी मेलम्ची नगरपालिकाको टिम घोषणा भएको छ ।  यही फागुन १२ देखि १९ सम्म मूलपानी तल्लो क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको लागी मेलम्ची नगरपालिकाको खेलाडी छनोट भएको खेल प्रशिक्षक जयराम घोरासैनीले जानकारी दिनुभयो ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगितामा जिल्लावासी मात्र सहभागी हुन […]

Continue Reading

सुनकोशी गाउँपालिकामा धर्ना, माग सम्बोधन नभए सरकारी कार्यालय र सडक ठप्प पार्ने

चौतारा । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँ कार्यपालिकाको कार्यालयका धर्ना गरी घेराउ गरिएको छ । गाउँपालिकाको कार्यालय सुनखानी हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका सुनखानीका स्थानीयहरूले कार्यालय घेराउ गरेका हुन । माघ २९ गते सुनकोसी गाउँपालिकाको कार्यपालिका बैठक बस्नु अघि सङ्घर्षको पहिलो खुड्किलो भन्दै सङ्घर्ष समिति लगायत सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सातै […]

Continue Reading