चौथो तोप २१ नगरकप भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।
चौतारा टुँडिखेलमा आज भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आयोजक जुगल होराइजन सिन्धुलाई ३–० को सेटमा पराजित गरेको हो ।
त्रिभुवन आर्मी नेपाल पुलिससँग १९–२५ २५–२० १६–२५ र १७–२५ ले पछाडि पर्दै खेलमा पराजित भएको हो भने, एपीएफले आयोजकलाई २५–१६,२५–१३ र २५–१५ ले हराएको हो । प्रतियोगितामा नेपाल प्रहरी र त्रिभुवन आर्मी क्लब सँगै कोशी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र सिन्धु जुगल होराइजन गरी सात टिम सहभागी छन् ।
चैत्र २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टोलीले ३ लाख दोस्रो हुने टोलीले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार नगद सहित पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।