तोप २१ प्रथम नगर कप भलिबल : पुलिस र आर्मी एकै समुहमा

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

चौथो तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ आजबाट सुरु हुँदैछ । प्रतियोगिताको ड्र पनि सार्वजनिक भएको छ । प्रतियोगितामा नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र कर्णाली प्रदेश एकै समुहमा ए परेको छ । त्यस्तै समुह बि मा सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश र सिन्धु जुगल होराइजन छ ।

चौतारा टुडिखेलमा हुने प्रतियोगिताको उद्घाटन खेल नेपाल प्रहरी क्लव र त्रिभुवन आर्मी क्लब बिच बिहान ९ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले २० हजार र उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट लिब्रोले १०–१० हजार पुरस्कार सहित ट्रफी पाउने छ ।

नेपाल भलिबल सङ्घ, बागमती प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवर्धनमा हुने प्रतियोगिता यही चैत्र २० गतेसम्म सञ्चालन हुने छ ।।

Leave a Reply