होटल व्यावसायी संघको सिन्धुपाल्चोकको अध्यक्षमा ईश्वरलाल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यावसायी संघको सिन्धुपाल्चोक जिल्ला अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।
श्रेष्ठ सिन्धुपाल्चोकमा होटल व्यावसाय गर्दै आईरहनु भएको छ । बाह्रविसेको चण्डेश्वरी होटल र सिन्धु विच रीर्सोट सुकुटेको सञ्चालक पनि रहनुभएको छ । होटल ब्यवसायी संघको सिन्धुपाल्चोकका उहाँ प्रथम अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँले अब जिल्लामा कार्यसमिती गठन गर्ने बताईएको छ । श्रेष्ठले व्यवसायीक समस्या सम्बोधन गर्नुका साथै सिन्धुपाल्चोक जिल्लामा पार्टीको संगठन मजबुत बनाउने बताउनुभएको छ ।
होटल व्यावसायी संघ काठमाण्डाैमा केन्द्रीय अध्यक्ष लिला प्रसाद दकाल सहीतकाे कार्यसमितीकाे निर्णयले श्रेष्ठलाइ अध्यक्षमा चयन गरेकाे हाे ।