सिन्धुकोटका कृष्णजङ्ग रायमाझी फलफूल खेतीबाट लाखौं आम्दनी गर्दै

मेलम्ची नगरपालिका–५ सिन्धुकोट गाउँका मेहनती कृषकको रुपमा चिनिएका कृष्णजंग रायमाझीले व्यवसायिक रुपमा फलफूल खेती गरेको नौ वर्ष पुग्यो । करिब ३१ वर्ष शिक्षण पेसामा होमिएपछि अवकाश पाएका रायमाझी अहिले ६० वर्ष लाग्नुभयो । तर, रायमाझीको जाँगर र उत्साह कुनै युवाभन्दा कम छैन। फलफुल खेतीबाट वार्षिर्क १० लाख कमाइरहेका उहाँले १० रोपनी खेतमा सुन्तला, जुनार दुई […]

Continue Reading

शैक्षिक अभियन्ता गिरीद्धारा भिमटारको पञ्चकन्या आविमा न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नं १२ काे श्री पञ्चकन्या आधारभुत विद्यालयका ८६ जना विद्यार्थी र ९ जना शिक्षकलाई शैक्षिक अभियन्ता मोहन बहादुर गिरीले न्यानो कपडा बितरण गर्नुका साथै विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गर्नुभएकाे छ । आज एक कार्यक्रमका बीच गिरीले शिक्षक विद्यार्थीलाई गरि ९५ जनालाई न्यानो कपडा बितरण गर्नुका साथै वाटर डिस्पेन्सर प्रदान गर्नुभएकाे हाे […]

Continue Reading

जुगल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ औँ बार्षिक साधारणसभा सम्पन्न

मेलम्ची । जुगल बचत तथा ऋण सहकारी संस्था लि. मेलम्ची ११ सिन्धुपाल्चोकको ३१ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निरन श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सभामा कार्यक्रमका संयोजक जनकलाल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो । संस्थामा १६५ जना शेयर सदस्यहरू रहेका छन । […]

Continue Reading

नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्छ : नगर प्रमुख तामाङ

मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नक्सा अद्यावधिक गर्दा तथ्यपरक र स्पष्ट हुनुपर्ने बताउनु भएको छ ।राइम्सको सहयोगमा आज मेलम्ची नगरपालिकाले आयोजना गरेको मेलम्ची जोखिम नक्सा अद्यावधिक कार्यशालामा बोल्दै नक्सा निर्माण पछि जोखिम क्षेत्रको पहिचान गरि जोखिम न्युनिकरण गर्न सहज हुने बताउनुभएको हो । गत नोभेम्बर १३ र १४ मा सर्वे तालिम लिएका सहजकर्ताहरुले […]

Continue Reading

सिडिइसिएफ नेपालको २६ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न

रेडियो मिसन । सामुदायिक बकास तथा वातावरण संरक्षण मञ्च, सिडिइसिएफ नेपालको २६ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष नेपालले संस्था कस्तो हुने भन्ने कुरा संस्थाको नेतृत्वले निर्धारण गर्ने बताउँदै दत्तचित्त भएर लाग्ने टिम भएमा मात्र […]

Continue Reading

प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा […]

Continue Reading

जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्न सराेकारवालाहरुकाे ध्यानाकर्षण

रेडियाे मिसन । सरोकारवालाले अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज पहुँच स्थापित गर्न गृहकार्यको आवश्यक्ता भएको बताएका छन् । पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आईतबार मेलम्चीमा आयोजना गरेको गोष्ठीमा सहभागीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउने जलवायु कोषमा मुलुकको पहुँच विस्तार गर्नुपर्ने निष्कर्श […]

Continue Reading

चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक

रेडियो मिसन ।बालविवाह तथा महिला हिंसा निरूत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आउँदो माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो। चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई […]

Continue Reading

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना

रेडियाे मिसन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य […]

Continue Reading

नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा 

रेडियाे मिसन । नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन हुनुभएको छ । शनिवार भएको अधिबेशन तथा खबरदारीसभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन हुनुभयो । नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य […]

Continue Reading