मेलम्चीमा ब्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।

मेलम्ची नगरपालिकाको आयोजनामा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । गत आइतबार शुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । बाख्रापालनका लागि उपयुक्त हावापानी, आहाराको उपलब्धता, गोठ व्यवस्थापन, घाँस खेती लगायतका कुरा सिकाइएको प्रशिक्षक एवम् शाखाका कर्मचारी दिपक थापाले जानकारी दिनुभयो ।

तालिममा बाख्रापालनको महत्वका साथै वर्तमान अवस्था, बाख्राका जातहरुबारे पनि जानकारी दिइएको पशु शाखा प्रमुख उपेन्द्र पण्डितले बताउनुभयो ।

कार्यक्रममा सहभागी रमेश पुरीले तीन दिने तालिम फलदायी भएको बताउनुभयो । उहाँले सिकेका कुराहरुलाई ब्यबहारमा लागू गर्ने र नयाँ कुरा थप सिकेको बताउनुभयो ।

तालिममा नगरपालिकाका २६ जना उपस्थित रहेका थिए । कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले सिकेका कुरा लागू गर्न आग्रह गर्नुभयो । उहाँले पशु वस्तुको घुम्ती शिविर गर्नको लागी आग्रह समेत गर्नुभएको छ । साथै उहाँले सहभागीहरुलाई कृषिको वेबसाईड हेरेर सुचना थाहा पाउन सकिने बताउनुभयो ।

तालिममा पशु शाखाका प्रमुख उपेन्द्र पण्डित, कर्मचारीहरु दिपक थापा, बिनोद तामाङ, उषा कार्की, पविन गिरि, आदेश रानामगर, राज मण्डलले सहजिकरण गर्नु भएको थियो ।

Leave a Reply