वडाध्यक्ष आचार्यद्वारा उपल्लो गाउँमा सच्चाई भवनको शिलान्यास

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को उपल्लो गाउँमा सच्चाई भवनको शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै वडा अध्यक्ष शशिनाथ आचार्यले स्थानीय सरकार सबै नागरिकको अविभावक भएकोले सबै धर्म, जात, जाति, संस्कृतिका नागरिकको ईच्छा चाहना र भावना बमोजिम चल्नुपर्ने बताउनुभयो ।

आज भेदभाव तथा छुवाछूत उन्मुलन दिवशको दिनमा यस भवनको शिलान्यास भएको र यो खुशीको कुरा भएको उहाँको भनाई छ । यस महत्त्वपूर्ण कार्यको थालनीले सच्चाई प्रति आस्था र विश्वास राख्ने धर्म सम्प्रदायमा खुसी तथा विश्वास जागेको छ भन्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । साथै अब बन्ने उक्त भवन सच्चाई धर्ममा आस्था राख्नेहरुको मात्रै नभई अन्य सम्प्रदायका नागरिकहरुले पनि सामाजिक कार्यक्रमहरु गर्न सकिने बताउनुभयो ।

ईन्द्रावती गाउँपालिकाकाे आ.व. २०८१/८२ को ५ लाख र स्थानीयको १ लाख बजेटमा उक्त भवन निर्माण हुन लागेको वडा सदस्य सिता तिरुवाले जानकारी दिनुभयो ।

Leave a Reply