दुवाचौरमा बृहत् स्वास्थ्य शिविर, २६६१ जनाले लिए सेवा

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

दुवाचौर ।
गणतन्त्र दिवस २०८२ को अबसरमा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको योजनामा मेलम्ची नगरपालिकाको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ का ेव्यवस्थापनमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबद्र्धन अभियान प्रजनन स्वास्थ्य रुग्णता जाँच एवम ब्यबस्थापन तथा जेष्ठ नागरिक स्वास्थ्य बुढ्यौली कार्यक्रम सम्बन्धि निशुल्क स्वास्थ्य शिविर २०८२ सम्पन्न भएको छ ।

कार्यक्रममा चौतारा अस्पताल सिन्धुपाल्चोक, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बज्रबाराही चापागाउ अस्पताल ललितपुर, मेलम्ची प्राथमिक स्वास्थकेन्द्र, तिलगंगा आँखा सामुदायिक केन्द्र सिन्धुपाल्चोक, सुनकोशी आधारभुत अस्पताल सुनकोशी, दुवाचौर स्वास्थ्य चौकी दुवाचौर र जेरीको रोड नेपाल जुगल गाउँपालिकाको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा मेलम्ची, हेलम्बु र पाँचपोखरीका ६३६ पुरुष, २०२५ महिला गरी २ हजार ६ सय ६१ जनाले सेवा लिएका छन् । दाँत, आँखा, भि आइए परिक्षण लगायत २२ प्रकारका सेवा शिविरमा प्रदान गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँईले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री शेरबहादुर तामाङले गणतन्त्र भएपछि जनतालाई सहज भएको बताउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदाको कोभिडको समय स्मरण गर्दै कोभिड बिरुद्धको खोप ल्याएर धेरै जनताको ज्यान बचाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सरकारले जनताको सुरक्षाको ध्यान दिँदै कोहि सुत्केरी तथा विपन्न बर्गका विरामिलाई हेलिकप्टर मार्फत सुबिधा सम्पन्न अस्पताल सम्म पुर्याउने ब्यबस्था भएको बताउनुभयो । मेलम्ची लगाएत क्षेत्र नम्बर दुईका जनताको साथमा सँधै रहिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पुर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका तामाङले बिमा मार्फत अब शतप्रतिशत उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले हाम्रै माटोमा मेहेनत गरि पसिना बगाएर स्वस्थ रहन जरुरी रहेको बताउनुभयो । अहिले संघिय सरकार प्रदेश सरकार र स्थानिय सरकार भए पछि जनतालाई सहज सेवा पुगेको बताउँदै अझ ससक्त भएर लाग्न स्थानिय सरकारलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश सरकारले सदाझै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई समेटी उल्लेख्य बजेट बिनियोजन गरेको बताउनुभयो । सम्पुर्ण बृद्ध आमा बुबा हरुलाई यो शिविरको सदुपयोग गरि आफुलाई लागेको रोग पत्ता लगाई समयमानै उपचार गर्नुहुने बताउनुभयो । कसलाई के रोग लागेको छ भन्ने कसैलाई पनि थाहा नहुने भएकाले त्यसका लागि यो शिविरले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले सम्पुर्ण वडा तथा नगरबासी हरुले वडा तथा नगरबाट पाईने निशुल्क औषधि हरु प्राप्तहुने हुँदा संबन्धित कार्यलयमा सम्पर्क गरि फाईदा लिनु हुन समेत अनुरोध गर्नुभयो । मन्त्री थापाले यस पालिकको विकाश सँगसँगै स्वास्थ्यमा सँधै हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभा अध्यक्ष एवम मेलम्ची नगरपाकिकाका प्रमुख आइतमान तामाङ्ले मेलम्ची नगरपालिकाका जनताको सेवा सुविधामा नगरपालिकाले केही कन्जुस्याइँ नगरेको बताउनुभयो । उहाँले अझ विद्यार्थिलाई लक्षित गरि अपाङगता भएका ब्यक्तीहरुलाई लक्षित गरि यस्ता शिविर ल्याउन प्रदेश सरकारलाई अनुरोध गर्नुभयो । उहाँले नगर बासिका लागि स्वास्थ्य शिक्षा र विकासमा सँगसँगै हातेमालो गर्न मेलम्ची नगरपालिका सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले नगरबासी हरुको स्वास्थ्यको चासो लिई यो शिविरको आयोजना गरेकोमा स्वास्थ्य मन्त्रालय बाग्मती प्रदेशलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी असार देखि केही महिना बर्खाका कारण मेलम्ची ७ दुवाचौर यातायातको पहुँच नहुँदा कोहि बिरामी परे अस्पताल सम्म जान असहज हुने हुँदा यो शिविर एकदमै महत्त्वपूर्ण रहेको बताउनुभयो । उप प्रमुख प्रधानले मेलम्ची नगरपाकिका द्वारा सन्चालित नगर अस्पतालमा नगर भित्रका मात्र नभइ हेलम्बु पाँचपोखरी र इन्द्रावतीका नागरिक समेतले सेवा सुबिधा लिने हुँदा उक्त अस्पताललाई अझ स्तरोन्नति गरि प्रादेशिक अस्पतालको रुपमा विकाश गरि अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य अमृता श्रेष्ठ स्वास्थ्य सचिव डा. सुमित्रा गौतम जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाइँ, जिल्ला समन्वय समितीका निबर्तमान प्रमुख कृष्ण गोपाल तामाङ लगाएतको उपस्तिथि रहेको थियो ।

शिक्षक नेत्र तामाङले सञ्चालन गर्नुभएको कार्यको स्वागत मन्तव्य मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङले राख्नुभएको थियो । साथै मेलम्ची नगरपालिका वडा न ७ दुवाचौर स्वास्थ्य चौकीको लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट भिडियो एक्सरे मेसिन उपलब्ध भएको छ । यो मेसिनले वडाबासिले अबदेखि भिडियो अल्ट्रासाउन्डको आफ्नै वडामा निशुल्क सेवा पाउने छन ।

Leave a Reply