लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा गुरुङ निर्वाचित

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोकको अध्यक्षमा विश्वराज गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । मेलम्चीमा शुक्रबार भएको संघको पहिलो अधिवेशनले यसअघि संयोजक रहेका गुरुङकै नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वयमा युनिक तामाङ र सिर्जना भड्ताल रहेका छन् । यसैगरी सचिवमा लालबहादुर श्रेष्ठ, सह सचिवमा दीपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत चयन भएका हुन् ।

सदस्यहरुमा विजय लामा, आकाश तामाङ, सुजन ज्योती, रुपक ठकुरी, छिरिङ घलान, सञ्जय लामा, किशोर पुरी, टासी बाइबा नारायण देउजा, भुवन श्रेष्ठ, बच्चु घतानी, मनोज खड्का, राजकुमार गोले, सविन तामाङ, रामबहादुर तामाङ, राजेश कार्की र नविन तामाङ रहेका छन् ।

त्यसअघि नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले अधिवेशन उद्घाटन गर्नुभएकाे थियाे । सो अवसरमा बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलाडी र खेलकर्मीको भूमिका रहेको बताउँदै नेपाली कांग्रेसले खेल क्षेत्रलाई उच्च महत्व दिएको बताउनुभयाे । खेलाडी र युवाहरुलाई संगठित गर्दै देशमा भएको वेथिति र विसंगतिविरुद्ध आवाज उठाउनु पर्नेमा पनि बस्नेतले जोड दिनुभयाे ।

यसैगरी, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले महाधिवेशनका लागि तयारी भइरहेको जानकारी दिँदै सर्वसम्मत नेतृत्व चयनले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयाे । अहिले पनि खेल र खेलाडीलाई राज्यले उपेक्षा गरेको बताउँदै त्यसका लागि खवरदारी जरुरी रहेको उहाँको भनाई छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेताहरुले आगामी दिनमा लोकतान्त्रिक खेलकुद संघले संगठनलाई चलायमान बनाउँदै पार्टीलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । अधिवेशनका अवसरमा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई चिनाउन महत्वपूर्ण योगदान गर्ने २० जनालाई नगदसहित सम्मान गरिएको थियो ।

लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको कान्छो भ्रातृ संगठन हो । अहिले केन्द्रीय महाधिवेशनको संघारमा रहेकाले विभिन्न जिल्लामा अधिवेशनहरु भइरहेका छन् । ७७ मध्य अहिलेसम्म ५५ जिल्लाको अधिवेशन सम्पन्न भएको संघले जनाएको छ । भदौ मसान्तभित्र केन्द्रीय अधिवेशन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply