अभयानन्दको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न

अभयानन्द शिक्षा क्याम्पसको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरी क्याम्पसले बार्षिकोत्सव तथा साधारण सभा गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाँउठाँउमै क्याम्पस हुनु गौरवको विषय भएको बताउनुभएको छ । क्याम्पस सुरुवात गर्न पहल गर्नुहुने सबैप्रति […]

Continue Reading

सिन्धुपाल्चोकमा चाडपर्व लक्षित एक हजारभन्दा बढी प्रहरी परिचालन

रेडियो मिसन ।चाडपर्व नजिकिएसँगै हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ । दशैं, तिहार र छठ पर्वसम्मका लागि जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउन व्यापक रुपमा प्रहरी परिचालन गरिएको सिन्धुपाल्चोक प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नर सिंह राणाले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न स्थानको […]

Continue Reading

फट्टेमा अस्थाई पुल (ह्युमपाइप) राख्ने कार्य अन्तिम चरणमा

मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजार र नगरपालिकाकै वडा नम्बर ७ र ८ लाई सडकमार्गले जोड्ने स्थान फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघि देखि सुरु गरेको अस्थायी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २ […]

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी ८ दिने आधारभूत तालिम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज १५ बाट सुरु भएको तालिम आज सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

मोटरसाइकल दुर्घटनाका घाइतेलाई बाह्रबिसे -काठमाडौं सम्पर्क मञ्चको सहयोग

नेकपा एमाले बाह्रबिसे काठमाडौं सम्पर्क मन्चले आफ्नो आबधिक योजना बनाइ बिभिन्न सिर्जनात्मक काम गर्ने निर्णय गरेको छ । काठमाडौंको नारायण टार स्थित जिल्ला सम्पर्क मन्चको कार्यालयमा शनिबार बसेको बाह्रबिसेको दोश्रो बैठकले यस्ता बिभिन्न निर्णयहरु गरेको हो । बैठकले केहि दिन अघि बाग्मती प्रदेश अबिधेशनको प्रतिनिधि छनोट निर्वाचनमा मतदानका लागी जानेक्रममा मोटर साइकल दुर्घनामा परी काठमाडौंको […]

Continue Reading

ज्यामिरे साना किसान कृषि सहकारीको अध्यक्षमा केशव विष्ट  चयन

मेलम्ची नगरपालिका -९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा केशव विष्ट  चयन हुनुभएको छ । संस्थाको आज भएको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशले पुन: विष्टको अध्यक्षमा १३ सदस्यीय संचालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भेषबहादुर कार्की, सचिवमा धर्मराज खड्का, सह- सचिवमा गोकुल धिताल र कोषाध्यक्षमा मन्जु […]

Continue Reading

मोडलिङ क्षेत्रमा फड्को मार्दै राम माँया

सिन्धुपाल्चोकको दुबाचौरकी राम मायाँ घलेले आफन्तको सहयोगमा टेलिफिल्म चेलीमा पहिलो पटक अभिनय यात्राको सुरुवात गर्नुभएको छ । घले अहिले राम्रो अभिनय गर्ने कलाकार भित्र पर्न सफल भएको बताइएको छ । उहाँले आफ्नो मान्छे, नारी, लौ के भयो लगायतका टेलिफिल्महरुमा अभिनय गर्नुभएको छ । घलेले ३ वटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ। अन्य दुइवटा म्युजिक भिडियोको […]

Continue Reading

सिन्धुपाल्चोकको स्वास्थ्य समिक्षा, त्रिपुरासुन्दरी प्रथम मेलम्ची दोस्रो स्थानमा

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको वार्षिक कार्यक्रम समिक्षा सम्पन्न भएको छ । कार्यक्रममा समिक्षा सहित जिल्लाका उत्कृष्ट स्वास्थ्य शाखाहरु पुरकृत भएका छन् । शुक्रबार र शनिबार जिल्ला सदरमुकाम चौतारामा सम्पन्न स्वास्थ्य समिक्षा सहित गत आर्थिक वर्षमा कार्य सम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले जानकारि दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान […]

Continue Reading

सरस्वती मावि बचाउन पुर्व विद्यार्थीहरुको अभियान शुभारम्भ

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ कै शिक्षाको दर्विलो इतिहाँस बोकेको श्री सरस्वती माध्यामिक विद्यालय ग्याल्थुम स्कुल मेलम्ची नदीको कटानसंगै उच्च जोखिममा परेको छ । बाढीले पटकपटक कटान गरि हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयको भौतिक संरचना समेत बगाउने अबस्थामा पुगेपछि सो विद्यालय जोगाउनका लागि पुर्व विद्यार्थीहरुको अहिले एकै ठाउमा भेला भै विभिन्न […]

Continue Reading

सिन्धु युएस वेलफेयरद्धारा एसइईमा उत्कृष्ठ पाँच विद्यार्थीलाई सम्मान

सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् । अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई […]

Continue Reading