मेलम्चीमा जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढीको बिषयमा नितिगत छलफल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढीको बिषयमा नितिगत छलफल कार्यक्रम मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।
मेलम्ची नगरपालिकाको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा मेलम्ची बाढि र त्यसपछि देखापरेको समस्या,कानुनी जटिलता,चुनौती र योजनाका बारेमा छलफल भएको थियो ।


मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेबी पन्तले राज्य जहिले पनि जनताको पक्षमा हुनुपर्ने बताउनुभयो । उहाँले नितिगत अस्पष्टताका कारण पीडितहरुले निकै समस्या भोग्न परेको स्मरण गर्दै सरकारले नै नागरिकलाई आर्थिक हिसाबले कमजोर बनाएको बताउनुभयो । भुकम्पको उदाहरण दिदै उहाँले घर बनाउन भनेर ३ दिने र १५ लाखको डिजाइन गर्दिने सरकारकै कारणले नागरिकले भार बोक्न परेको बताउनुभयो । बाढी प्रभावितलाई ५ लाख दिदै गर्दा त्यहीँ अनुसारको नक्सा बनाउन समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा खानेपानी मन्त्रालयका सचीव सुरेश आचार्यले अब मेलम्ची बाढीबाट भएका क्षति न्यूनीकरण तथा रोकथामको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाका कारण बाढी आएको नभई बाढी आउनुको धेरै कारण रहेको उहाँले स्पष्ट पार्नुभयो । सचीव अर्यालले बाह्रै महिना मेलम्चीको पानी काठमाडौ लैजान सक्ने हो भने मेलम्ची हेलम्बु लगायत प्रभावित क्षेत्रमा आर्थिक फाइदा पुग्ने बताउनुभयो । उहाँले पुनर्भरण गरेर मेलम्चीमा अरबौ रुपैयाँ भित्र्याउन सकिने बताउनुभयो । सचीव अर्यालले खानेपानी आयोजनाको काममा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।


त्यस्तै खानेपानी आयोजनाका कार्यकारी निर्देशक रत्न लामिछानेले बाढी प्रभावित क्षेत्रमा पुननिर्माण तथा पुनर्स्थापनाका लागी खानेपानी आयोजनाले केहि सहयोग गर्न सक्ने बताउनुभयो । क्षतिको सबै जिम्मा आयोजनाले जिम्मा लिन नसक्ने स्पष्ट पार्दै लामिछानेले स्थानीय सरकार,प्रदेश र संघ सरकारको कामलाई केहि सहयोग गर्नभने सक्ने बताउनुभयो । निर्देशक लामिछानेले सुप मार्फत आउने बजेट विगत २ बर्ष देखी अड्किएको भन्दै स्थानीय तहलाई सिधै दिने भनिएको रकम नितिगत अस्पष्टताले गर्दा समस्या आएको प्रष्ट पार्नुभयो ।


त्यस्तै मेलम्ची मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बाढिपछि नगरपालिकाले गरेको कामको बारेमा जानकारी गराइदै अहिले पनि संघ र प्रदेश सरकारको अपेक्षा अनुसार सहभागीता नभएको बताउनुभयो । बाढिपछि विभिन्न विज्ञहरुले गरेको अध्ययनको आधारमा संघ संस्था संग समन्वय गर्दै बाढीका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।


निबर्तमान उपप्रमुख भगवती नेपालले सोचमा खोट र दृष्टिमा दोष भएका कारण बाढी पिडितले निकै समस्या भोग्न परेको दावी गनुभयो । उहाँले नागरिक स्तरमा हुने समस्या समाधानमा राज्यले गम्भीर रुपमा नलिएकोमा चिन्ता समेत व्यक्त गर्नुभयो ।
समाजसेवी तथा बाढीबाट प्रभावित हस्त पण्डितले कामगर्ने तौरतरिका नमिलेका कारणले पनि पीडितले धेरै पिडा भोग्न परेको बताउनुभयो । उहाँले अहिले जम्मा भएको गेग्रानलाई बर्खाको समयमा बगाउन सकियो भने मात्रपनि जोखिम कम हुने सुझाव दिनुभयो । योजनाबद्ध रुपमा काम नगर्दा बर्सेनि ठुलो बजेट खोलामा जानेगरेको भन्दै समन्वय र सुझावलाई आत्मसात गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।


त्यस्तै समाजसेवी बालकृष्ण देउजाले स्थानीय तहको मात्र प्रयासले बाढी प्रभावितको माग र आवश्यकतालाई सम्बोधन गर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारले जतिमात्रामा चासो दिनुपर्ने हो त्यति नदिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।


शैक्षिक ब्यक्तित्व राधाकृष्ण श्रेष्ठ, नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल लगायतले सरकारले दिने भनेको रकम पर्याप्त नभएको दावी गर्नुभयो । सरकारको ५ लाखले नागरिकको घर नबन्ने भन्दै पर्याप्त रकम उपलब्ध गराउन माग गर्नुभयो ।


कार्यक्रममा ईसिमोडका विपद विश्लेषक बिविन दुलाल र जलवायु विज्ञ विनोद प्रसाद पराजुलीले बाढीपछीको वैज्ञानिक, आर्थीक, सामाजिक लगाएतका विषयमा तयार भएको प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । साथै आगामि योजनाको लागि सुछावहरु संकलन गर्नुभएको थियो । छलफलको क्रममा फरक क्षमता भएका हरुको तर्फबाट सोम दुलालले अपाङ्गता भएकाहरुको सवाल नसमेटीएको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाले नितिगत अल्झनहरु हटाई एकीकृत रुपमा योजना बनाउनुपर्ने बताउनुभयो । श्रोतलाई मुल प्रवाहीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।


स्थानिय स्काउटको तर्फबाट सुनिलकुमार भण्डारीले जोखमिको विषयमा समुलाय स्तरमा सुसुचीत गराँउदै भरपर्दो पुर्व सुचना प्रणालीलाई उपयोगि बनाउनुर्पो बताउनुभयो । नगरपालिकाका कर्मचारी अस्मीता अर्यालले सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताउनुभएको छ ।


सामुदायीक विकास तथा वातावरण शंरक्षण मञ्चका म्च्च् फोकल पर्शत तथा कार्यक्रम संयोजक इच्छाराम सापकोटाले समुदाय केन्द्रीत भरपर्दो पूर्व सुचना प्रणाली जडान गर्नुपनेृ बतायनुभयो । जोखीमको नक्सांकन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्षतिपछी पुर्ननिर्माणमा बनेका योजना कायाृन्वयन हुनुपर्ने उहाँले बताउनुभयो । सरकारका तिनै तहका योजनाहरु स्थानिय तहबाट निर्देशित हुनुपर्ने सापकोटाले बताउनुभयो । जोखिमको बारेमा बुझ्न र ब्झाउनुका साथै मेलम्ची कोरीडोरको एकीकृत आयोजना सञ्चालन गर्नुपर्ने उहाँको भनाई थियो ।


प्राक्टीकल एक्सनका कार्यक्रम अधिकृत मिनेश गुरुङले समुदायको मनोविज्ञान र योजनाहरु बिच तालमेल नमिलेको बताउनुभउको छ । प्रभावित समुदाय जागरुक र संवेदनशित रहेमा मात्र योजनाहरु प्रभावकार िहुने बताउनुभयो ।

यस्तै कार्यक्रममा पत्रकार दिपिन ढुंगानाले बाढी गएको लामो समय पछी के गर्ने भनेर योजना बनाउनुको अर्थ नरहेको बताउनुभयो । यो सवाल अब शिँहदरवारमा उठाउनुपर्ने बेला भएको बताउनुभएको छ । साथै सुचनालाई व्यवस्थीत रुपमा नागरीकसमक्ष लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।


समापन सत्रको अवसरमा बोल्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले आगामि बर्षको निति तथा कार्यक्रममा विपदका लागि विषेश योजना बनाउनु बताउनुभयो । साथै क्रियाशिल रहेका संघसंस्थासंग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनुभएको छ ।

Leave a Reply