मेलम्ची -९ मा सञ्चालित ४५ दिने गलैँचा बुनाई तालिमको समापन गरिएको छ ।
“सीप सिकाै स्वराेजगार बनाै” भन्ने मान्यताका साथ मेलम्ची नगरपालिकामा प्रत्येक वडामा आत्मनिर्भर बनाउने अभियानकाे सार्थकता दिन मेलम्ची नगरपालिका वडा न ९ मा बैशाख ९ गते देखि सञ्चालित गरिबी निवारणका लागि लघु उद्घम विकास कार्यक्रम अन्तर्गत सीप विकासका लागि ४५ दिने गलैँचा बुनाई तालिमको आज समापन गरिएको हो ।

कार्यक्रममा बाेल्दै नगरप्रमुख आइतमान तामाङले सिकेको सिपको सदुपयोग गर्न तालिमका सहभागीलाई आग्रह गर्नुभयो ।उहाँले सीप सिकेर अझै अगाडि बढ्न चाहनेलाई नगरले थप सहयोग गर्ने बताउनुभयो। त्यस्तै उपप्रमुख उमा प्रधानले आर्थिक रूपमा अब्बल बन्नका लागि सिकेकाे सिपकाे सदुपयाेग गर्न आग्रह गर्नुभयो ।
उहाँले पालिकाकाे लगानि खेर जान नदिन आग्रह गर्नुभयो । सहभागीलाई आफुले उत्पादन गरेकाे सामग्री विक्रि वितरण, तालिम निरन्तरतामा परेकाे समस्याको समाधानकाे लागि आफू सधै साथमा हुने बताउनुभयो ।
१३जनाले गलैँचा बुनाई तालिम लिएका वडा अध्यक्ष किरणदिप खड्काले जानकारी दिनुभयो । तालिमका सहभागीहरूलाई प्रविधि समेत हस्तान्तरण गरिएकाे छ ।

