नेकपा माओवादी केन्द्र मेलम्ची नगर समितिले विभिन्न माग र सुझाव सहित मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङलाई ज्ञापन पत्र बुझाएको छ ।
आज एक कार्यक्रमका बिच नगर समिति अध्यक्ष सिपि दुलाल,सचिव दिनेश गिरी लगायतको टोलिले नगर प्रमुख तामाङलाई ज्ञापनपत्र बुझाएको हो । आफ्ना मागलाई आगामि आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम र बजेटमा समावेश गरी नगरवासीको पक्षमा,आशालाग्दो र भरलाग्दो बजेट निमार्ण गर्नका लागि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्रमा कृषि,शिक्षा,स्वास्थ्य,सडक,खानेपानी तथा सिंचाई,उद्योग,खेलकुद,पर्यटन,सहकारी,सुशासन र सुरक्षाका विषयलाई उठाएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख तामाङले मेलम्ची नगर समृद्ध बनाउन सबैको सल्लाह लिने र त्यसै अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
सबै राजनीतिक दल संग लिखित तथा मौखिक सुझाव माग गरेर आएका सुझाव र सल्लाहलाई निति तथा कार्यक्रममा समेटेर अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले आर्थिक रुपले संभावना भए सम्म माग लाई सम्बोधन गर्ने भन्दै कृषि ,शिक्षा पर्यटनलाई ध्यान दिएर अघि बढेको दावि गर्नुभयो ।
ज्ञापनपत्र सहित