पाँचपोखरीमा नमुना युवा संसद अभ्यास सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास गरिएको छ ।  

युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

संसद अभ्यासमा सभामुख शर्मीला भट्टराईले संसद सुचारु भएको घोषणा गरेलगत्तै  राष्ट्रिपति उषा तामाङले निति तथा कार्यक्रम पढेर सुनाउनु भयो भने अर्थमन्त्री कृष्टिना अधिकारीले २० खर्ब ५० अर्ब २० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । स्थास्थ्य तथा सरसफाई सम्बन्धी विधेयक स्वास्थ्य मन्त्री हिरा तामाङ।कृषि सम्बन्धी विधेयक कृषि मन्त्री नितेस आचार्य,पर्यटन सम्बन्धी विधेय पर्यटन मन्त्री रिमा तामाङ,,उद्योग सम्बन्धी विधेयक उद्योग मन्त्री लाक्पा छिरीङ तामाङ,बालबालिका सम्बन्धी विधेयक बालबालिका मन्त्री प्रितीमाया स्याङ्बो,बन तथा वातावरण सम्बन्धी विधेयक बनमन्त्री सागर दोङ,सुचना संचार तथा प्रविधि सम्बन्धी विधेयक सुचना तथा सञ्चार मन्त्री तासी तामाङ र शिक्षा सम्बन्धी बिधेयक शिक्षा मन्त्री रुबिना खड्काले प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत निति तथा कार्यक्रम,बजेट र  विधेयकको सत्तापक्षका सांसदले प्रशंसा गरेका थिएभने प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेका थिए । सभामुखले ध्वनीमतका आधारमा बहुमत सदस्यले हुन्छ भनेकाले प्रस्तुत कार्यक्रम,बजेट र विधेयक पास भएको घोषणा गर्नुभयो ।नमुना युवा संसद्मा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख, मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए ।

नमुना युवा संसदलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले बहुपहिचान सहितको गाउँपालिका सभाहलमा पहिचान सहित आएका माननीय विद्यार्थीहरुले गरेको प्रयासको प्रशंसा गर्नुभयो । एउटा कलम,एउटा शिक्षक र एउटा किताबले संसार बदल्न सक्ने भन्दै उहाँले आज यो भनाइको पुष्टि भएको बताउनुभयो । अर्को बर्ष यस कार्यक्रमको निरंतरता दिदै टेलिभिजनमा समेत प्रशारण हुनेगरि कार्ययोजना बनाउने अध्यक्ष लामाले उद्घोष गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले संसद भवनमै बसेको अनुभुती हुनेगरी कार्यक्रम गरेको भन्दै आफु विद्यार्थीको क्षमता देखेर खुशी भएको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता विकासको लागी गाउँपालिका सधैं साथमा रहेको जिकिर गर्नुभयो ।

कार्यक्रमका सभापति तथा सामाजिक विकास समितिका संयोजक एवम् वडा नम्बर ५ का अध्यक्ष संयोजक कालेगोलेले विद्यार्थीहरुको प्रस्तुतिले खुशी लागेको बताउनुभयो । उहाँले यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्दै सधैं साथमा रहेको बताउनुभयो । उहाँले विद्यालय तहमानै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलाप लाई जोड्न सकेमा जनशक्ति उत्पादन गर्न सकिने बिश्वास व्यक्त गर्नुभयो ।वडा नम्बर ३ का अध्यक्ष ङिमाछिरिङ तामाङले सिन्धुपाल्चोक जिल्लाको हकमा नमुना युवा संसद कार्यक्रम पहिलो भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रम सञ्चालक तथा संसद सचिवालयका सदस्य शिक्षक अजय धितालले जानकारी दिनुभयो ।

Leave a Reply