इन्द्रावती साना किसान कृषि सहकारीद्वारा अन्तरक्रिया तथा वित्तीय साक्षरता तालिम सम्पन्न 

इन्द्रावती साना किसान कृषि सहकारी संस्थाकाे आयाेजनामा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ । सहकारीमा आवद्द रहेका सेयर सदस्य तथा साधारण सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरीएकाे सहकारीका अध्यक्ष रामशरण गिरीले जानकारी दिनुभयाे । साना तथा मझाैला पुँजि रहेकाहरूकाे लागि पनि वित्तीय साक्षरता आवश्यक रहेकाे अध्यक्ष गिरीले जानकारी दिनुभयाे । इन्द्रावति साना […]

Continue Reading

कक्षा ८ को परीक्षामा इन्द्रावतीका ४ विद्यालयको नतिजा शून्य, कुल ४८० मध्ये ७७ जनामात्रै पास

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ । आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री […]

Continue Reading

मेलम्चीमा सम्पन्न शिविरमा २६१ जनाले सेवा लिए

रेडियो मिसन । मेलम्चीमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरबाट २३१ जनाले सेवा लिएका छन् । जसमा महिला १४७ र पुरुष ८४ जना रहेको मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारी सापकोटाले जानकारी दिनुभयो । शिविरबाट ६ जना लाई काठमाडौं लगेर उपचार […]

Continue Reading

मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु

मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु भएको हो । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर) र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि शिविरको सुभारम्भ गरिएको दिर्घायु गुरु हस्पिटलका प्रबन्ध निर्देशक बिनोद […]

Continue Reading

मेलम्ची नगर प्रमुख तामाङद्धारा बहुउद्देश्यीय कभर्डहलकाे शिलान्यास

सिन्धुपाल्चोकको मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । मेलम्ची नगरपालिका ११ मा विभिन्न खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज (शनिवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएकाे हाे। १ करोड ८० लाखमा ठेक्का आह्वान भएको कभर्डहल निमार्णको लागि दोबिबि निर्माण सेवाले १ करोडमा ठेक्का पाएको छ । नगर प्रमुख तामाङले […]

Continue Reading

बाहुनीपाटी माझीगाउँ थाक्ले सडक कालोपत्रे हुँदै

मेलम्ची नगरपालिका वडा नं १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रेको नगरपालिकाका प्रमुख आइतमान तामाङले अनुगमन गर्नुभएकाे छ । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खाेलिसकिए पनि […]

Continue Reading

मेलम्चीमा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईको स्वागत

रेडियो मिसन । मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार भट्टराई आउनु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अशोक कुमार भट्टराईलाई मेलम्चीमा नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची छाडेपश्चात बिभिन्न योजना सम्झौताका साथै योजनाहरूको भुक्तानी लगायतको काम हुन सकेको थिएन । मिश्र गएपश्चात लेखा […]

Continue Reading

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ

रेडियो मिसन ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ मत सहित निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभयो । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो […]

Continue Reading

हेलम्बुलाई हाई अल्टिच्युड ट्रेनिङ सेन्टरकाे रूपमा चिनाँउछाैं : अध्यक्ष शेर्पा 

हेलम्बु गाउँपालिकालाई हाई अल्टिच्युड ट्रेडिङ सेन्टरकाे रूपमा विकास गर्ने गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयाे । हेलम्बुमा हुन गईरहेकाे हाई अल्टिच्युड महिला/ पुरूष भलिबल प्रतियाेगिताकाे अवसरमा आयाेजित पत्रकार सम्मेलनमा शेर्पाले साे कुरा बताउनुभएकाे हाे ।  खेलकाे कार्यक्रमहरू धेरै ठाँउमा भएकाे तर हाई अल्टिच्युडमा नभएकाले खेलकाे विकास तथा पर्यटन प्रवद्वनमा टेवा पुर्याउनकाे लागि आयाेजना गरीएकाे अध्यक्ष […]

Continue Reading

डडुवामा बहु आयमिक सामुदायिक भवन शिलान्यास

मेलम्ची -११ डडुवामा डडुवा पुछारटोल बहु -आयमिक सामुदायिक भवन शिलान्यास गरिएको छ । आज मेलम्ची नगरपालिकाका उपप्रमुख श्री उमा प्रधानज्यु र वडा अध्यक्ष श्री चन्द्रबहादुर तामाङज्युलेभवनको शिलान्यास गर्नुभएकाे छ । एक तल्ले भवन असार १५ सम्म सम्पन्न गरिने भवन निर्माण संचालन समितिका अध्यक्ष कालू तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको ५० लाख बजेटमा उक्त सामुदायिक […]

Continue Reading