नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा 

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन ।

नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिको अध्यक्षमा दिलबहादुर वाइबा निर्बिरोध चयन हुनुभएको छ । शनिवार भएको अधिबेशन तथा खबरदारीसभाबाट वाइबाको अध्यक्षतामा ४१ सदस्यीय समिति चयन भएको नवनिर्वाचित अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।उपाध्यक्षमा तिर्थ स्याङबो, नुर्बु शेर्पा र सरला राई दनुवार, सचिवमा रमेश शेर्पा चयन हुनुभयो ।

नवनिर्वाचितहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री युवराज दुलाल, केन्द्रिय सदस्य चन्द्रबहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रको नेतृत्वले मात्र देशमा विकास गर्न, भ्रष्टाचारलाई कारबाही गर्न सक्ने आंट गर्ने बताउनुभयो ।

कार्यक्रममा चर्चित कलाकारहरूले सानु केसी, लक्ष्मी दर्नाल लगायतले साँगितिक प्रस्तुति मार्फत उपस्थित ६०० भन्दा बढिलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Leave a Reply