नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना

* # राजनीति शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।


कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाङ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता डम्बर बहादुर अर्यालले शिक्षकको पेशागत संगठनले विगतमा गरेको संघर्षका कारण विभिन्न हक अधिकार स्थापित गर्न सकेको बताउँदै पेशागत विकासमा रचनात्मक हिसाबले अगाडी बढाउनुपर्ने बताउनुभयो । त्यसैगरी प्रमुख अतिथी बागगमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले नयाँ शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन र उक्त ऐनमार्फत सबै प्रकारका शिक्षकका पेशागत समस्यालाई दिगो रुपमा समाधान गराउनेतर्फ ध्यान दिन संगठन क्रियाशिल रहको बताउनुभयो ।
मेलम्ची नगरपालिका भित्रका सेवानिवृत्त एवं शिक्षक सेवा आयोगमार्फत नवप्रवेशी शिक्षकहरुको सम्मान सहित पालिकामा गत वर्षको आधारभूत तह (कक्षा ८) उत्तीर्ण, कक्षा १० को एसइइ र कक्षा १२ को एसएलसी परीक्षामा सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
संगठनका निबर्तमान अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिब रेवतीरमण नेपालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्रबहादुर चापागाई (रमेश) ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमार्फत १३ वटै वडामा वडा समितिहरु समेत गठन गरिएको छ ।

Leave a Reply