प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै

* # पालीका खबर मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

भिमटार । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर १२ ले प्रथम कृषि पर्यटन व्यापार तथा साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

भिमटारमा आज पत्रकार सम्मेलन गर्दै प्रथम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव गर्न लागेको आयोजकले जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडाध्यक्ष सुरेन्द्र बहादुर दनुवारले पहिलोपटक आफ्नो वडामा महोत्सव हुन लागेकोले आफू उत्साहित भएको बताउनुभयो। “पहिलो पटक मेरो वडामा महोत्सव हुँदैछ म अत्यन्तै उत्साहित छु”, उहाँले भन्नुभयो । महोत्सव सफल पार्न आफुले सक्दो सहयोग र समन्वय गर्ने पनि वडाध्यक्ष दनुवारले जानकारी दिनुभयो ।

आफ्नै वडामा उत्पादन भएको मासलाई प्रदर्शन गर्ने उहाँको भनाई थियो । साँस्कृतिक महोत्सव यहि पौष २५ गतेदेखि माघ १० गतेसम्म हुनेछ । १५ दिनसम्म आयोजना हुने महोत्सवमा स्थानीय कला र संस्कृतिलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्ने लक्ष्य आयोजकले लिएको छ ।

महोत्सव मा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन लाई विशेष प्राथमिकता दिएर विशेष गरि कृषि लाई प्रवर्द्धन गर्ने उदेश्य ले महोत्सव संचालन गर्न लागेको महोत्सवका व्यबस्थापक तारा बहादुर खड्काले बताउनुभयो ।

महोत्सवको उद्घाटन सत्र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमा हुनेछ । महोत्सवमा इन्द्रावती गाउँपालिका भित्र का १२ वटा वडाले आफ्नो पहिचान झल्किने संस्कार संस्कृतीलाई प्रदर्शन गर्नेछन ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु ज्योति मगर, सुगम पोखरेल, एलिना चौहान, दुर्गेश थापा, प्रेम लोप्चन लगायत कलाकारहरुले साङ्गितिक प्रस्तुति दिनुहुनेछ ।

Leave a Reply