श्री सरस्वती माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडा नम्बर ४ मा रहेको विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यस भेगको पुरानो विद्यालयले धेरै राम्रा व्यक्ति उत्पादन गरेको बताउनुभयो । विद्यालयप्रति अभिभावकको चासो बढ्दै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अभिभावकहरु सचेत भएमा मात्र विद्यालयको गुणस्तर बृद्धी हुने उहाँको तर्क थियो ।
हेलम्बु गाउँपालिकाले प्राविधिक सहित निःशूल्क उच्च शिक्षा, दिवा खाजाको व्यवस्था गरेकाले यसको सदुपयोग गर्न अध्यक्ष लामाले आग्रह गर्नुभयो । देशमा युवा पलायन हुँदै गएकाले पालिकाले निः शुल्क शिक्षासंगै दिर्घरोगिहरुलाई समेत निःशुल्क औसधिको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । बाढी पहिरोले क्षति गरेको संरचना पुनः निर्माण र संरक्षणमा पालिका सदैब लागिरहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदी , वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङ लगायतले तिनै तहका सरकार मिलेर मात्र शिक्षा क्षेत्रको समस्या समाधान हुने तर्क राख्नुभएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष झलकप्रसाद लामिछाने , भुमेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर ज्योती, सिडिइसिएफका प्रतिनिधि एवम् स्थानीय श्यामसुन्दर लामिछाने लगायतले विद्यालयलाई पहिलेको स्थितिमा पुर्याउनु सबैको उदेश्य रहेको बताउँदै सबै इमान्दार भएमा पुनःयस भेगको नमुना विद्यालय बन्ने बताउनुभयो । बाढिको चपेटामा रहेको सुरक्षित राख्न अझ ध्यान दिन उहाँहरुले आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक कुमार घोरासैनिले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पुर्व विद्यार्थी समाज , पालिका र अन्य सहयोगी संस्थालाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा अतिरिक्त क्रियाकलापका बिजेतालाई पुरस्कार छात्रवृत्ति वितरण , पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक लामिछानेले स्वर्गीय हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापना गरेको अक्षय कोष (भोलानाथ –किकमाई स्मृति अक्षय कोष) त्यसको दुई बर्षको ब्याज बाट प्राथमिक तहका सम्पुर्ण बिधार्थि ७५ जना लाई स्कुल ब्याग बितरण गर्नुभयो ।
कार्यक्रममा स्टुडेन्ट अफ दि इयरबाट पुर्णिमा तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष किटि तामाङको अध्यक्षतामा भएको थियो ।