सुनकोशी ३ र ४ नम्बर वडा जोड्ने स्याले खोलामा झोलुङ्गे पुलको उद्घाटन

रेडियो मिसन ।सुनकोशी गाउँपालिकाको वडा नम्बर ३ र ४ जोड्ने गरी स्थानीय स्याले खोलामा झोलुङ्गे पुलको निर्माण भएको छ । मंगलबार सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले ३ र ४ जोड्ने स्याले खोला माथी निर्माण भएको पुलको उद्घाटन गर्नुभएको छ । स्याले खोला माथी पुल निर्माण भएपछि ३ र ४ का स्थानीयलाई अवतजावत गर्न सजिलो भएको […]

Continue Reading

ईन्द्रावती गाउँपालीकाले नवलपुर चोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

ईन्द्रावती गाउँपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९:१५ बजेदेखि खेल्दै छ । अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल नवलपुर चाेकमा रहेकाे प्रहरी विटबाट डिजिटल स्क्रिनमा देखाउन लागेको सुचना प्रविधि अधिकृत सन्ताेष सापकोटाले जानकारी दिनुभयाे । यसअघि काठमाडौं महानगर […]

Continue Reading

मानव बेचविखनका फरार प्रतिवादी ३० बर्षपछी पक्राउ

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाका नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको हो । उनले वि.सं २०३९ बैशाखमा जिल्लाबाट २ जना युवतीहरुलाई भा.रु. ४० हजार रुपैयाँमा बेचेका थिए । हाल वर्ष ६९ का सिलवालले तल्कालीन समयमा युवतीलाई ललाई फकाई गरि गाउँमा […]

Continue Reading

पिस्करमा दन्त शिविर सञ्चालन, गाउँमै दाँतको उपचार पाएपछि स्थानीय हर्षित

रेडियो मिसन । साथी फाउण्डेसन नेपाल, सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिकाले दुर्गम गाउँ पिस्करमा दुई दिने बृहत निशुल्क दन्त शिविर संचालन गरेपछि लामो समयसम्म दाँतको समस्या पालेर बसेका दन्त रोगीले निशुल्क उपचार पाएका छन् । धेरै पैसा र निकै समय खर्चेर राजधानी पुगेर दन्त उपचार सेवा लिनु पर्ने बाध्यताबाट त्रिपुरासुन्दरी गाउँपालिकाका नागरिकले मूक्ति पाएका छन् […]

Continue Reading

पाँचपाेखरी थाङ्पालमा म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी नष्ट

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी सोमबार नष्ट गरेको छ । बिभिन्न मितिमा बजार अनुगमनका क्रममा म्याद सकिएको करिब २ लाख पचास हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक एवंम गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकोले पनि अखाद्य बस्तुहरुलाई जफत गरी नष्ट गरेकाे […]

Continue Reading

मेलम्चीमा बाढी तथा पहिरोको कृत्रिम घटना अभ्यास

मेलम्ची नगरपालिकाको आयोजना र नेपाली सेनाको इन्द्रध्वज गण सुरुक्षा गुल्मको अगुवाईमा समुदायमा आधारित बाढी तथा पहिरो सम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम मेलम्चीमा गरिएको छ ।बाढी र पहिरोकोे बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्षझैँ […]

Continue Reading

स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम सुरु

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधरभुत तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा सुरु भएको आधारभुत तालिममा नगरका नँया नियुक्ति भएका २१ जना सहभागी रहेको जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोककुमार भट्टराईले राज्यले धेरै सुबिधा दिन नसकेपनि स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान […]

Continue Reading

अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर मेलम्चीमा सम्पन्न

मेलम्ची नगरपालिकाको आयोजना तथा बिकलाङ्ग मित्र समुह अपाङग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको प्राबिधिक सहयोग एवं अपाङ्गता सम्बन्धी कार्य गर्दै आएका सँस्थाहरु, टुकी संघ सुनकोशी र महिला आत्मनिर्भरता केन्द्र मांकको समन्वय तथा सहजिकरणमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगर अस्पतालमा आज आइतबार भएको शिविरको उद्घाटन […]

Continue Reading

पाँचपाेखरीकाे उत्तिसघारीमा तत्कालका लागि यातायात सुचारू

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ८ खाल्डेखोला नजिकै उत्तिस घारीमा अवरुद्ध सडक सञ्चालनमा आएको छ । विशेषगरी बर्खाको समयमा दैनिकजसो जाने यस पहिरोका कारण पाँचपोखरी थाङपाल गाउँपालिकाका नागरिकहरुले बर्षेनी सास्ती खेप्न परिरहेको थियो । मेलम्ची तिपेनी मुख्य सडक खाल्डे उत्तिसघारीमा मर्मतको काम भइरहेका बेला खाल्डे,लाँगर्चे हुँदै तिपेनी निस्कने बैकल्पिक सडक सञ्चलानमा ल्याएपनि सवारी दुर्घटना बढेसँगै […]

Continue Reading

नेकपा माओवादी केन्द्र मेलम्ची ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ

नेकपा माओवादी केन्द्र मेलम्ची नगरपालिका वडा नम्बर ११ को वडा कमिटि अध्यक्षमा प्रेमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा तामाङ सहित उपाध्यक्षमा शालिगराम दुलाल, सचीवमा उद्धव चालिसे, सहसचिवमा शिवसरण श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला सापकोटा सहित २९ सदस्यीय कमिटि गठन गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तोकबहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक […]

Continue Reading