कृषकहरूलाई आत्मनिर्भर हुन सहकारीले ठुलो मद्दत गर्छ उपप्रमुख प्रधान

रेडियो मिसन । मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सहकारीले कृषकहरूलाई आत्मनिर्भर हुन ठुलो मद्दत पुग्ने बताउनुभएको छ ।सूर्यमुखी साना किसान समूहको एक कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले सूर्यमुखी र कृषकहरूको अन्योन्याश्रित सम्बन्ध भएको बताउनुभएको हो । सूर्यमुखी साना किसान सहकारीलाई अगाडि बढाउनु आफू अगाडि बढ्नु रहेको भन्दै उनले सबै शेयर सदस्यलाई क्रियाशील रहन आग्रह गर्नुभयो। […]

Continue Reading

मेलम्चीको पानी बन्द गर्ने स्थानीयको चेतावनी

रेडियो मिसन ।मेलम्ची खानेपानी आयोजनाले केही दिनमै पानी काठमाडौं पठाउने तयारी गरिरहँदा स्थानीयले भने बन्द गर्ने चेतावनी दिएका छन्। मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले यसबारे आन्दोलनका कार्यक्रम बनाउन शनिबार हेलम्बु गाउँपालिका वडा नम्बर २ को गणेशे बगरमा भेला डाकेको छ। हेलम्बु(२ का पूर्व वडाध्यक्ष छिरीङ ग्याल्बो लामाको नेतृत्वमा बैठक बस्न लागेको स्थानीयले बताएका छन्। मेलम्ची […]

Continue Reading

अनेरास्वबियू (क्रान्तिकारी) इन्द्रावती गाउँपालिकाको अध्यक्षमा कृष्ण दुलाल चयन

रेडियो मिसन, नवलपुर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन क्रान्तिकारी इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँपालिकान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कृष्ण दुलालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिती पनि गठन गरेको छ । समितीको उपाध्यक्षमा वर्षा लामा, बिनिता तिरुवा र सुशान सिग्देल, सचिवमा बिकाश दनुवार, सह सचिवमा निरुता श्रेष्ठ, कुसुम सापकोटा र असल तामाङ साथै कोषाध्यक्षमा […]

Continue Reading

शिक्षा र स्वास्थ्य निःशुल्क गरिनु पर्छ : अध्यक्ष शेर्पा 

श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औँ वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।उहाँले देशमा युवा नरहनुको कारण यो देशका नेताहरू दोषी रहेको आरोप लगाउनुभयो । उहाँले अब भाषण मात्र […]

Continue Reading

पदेश सांसद तामाङद्धारा नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास

हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास भएको छ ।  बिहीबार आज एक समारोहबिच बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले शिलान्यास गर्नुभएको हो । ०७२ सालको भूकम्पले गुम्बाको भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले क्षतविक्षत बनाएको गुम्बा भर्खरै मात्र पुनर्निर्माण हुन लागेको […]

Continue Reading

विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको प्रदेश स्तरीय छलफल तथा अन्तर्क्रिया

पूर्व सूचना प्रणालीको सुदृढीकरण र प्रभावकारिता सम्बन्धी प्रदेश स्तरीय व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षाकर्मी (आपतकालिन केन्द्र सरोकार निकायहरू बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र यु. एस. एड (USAID) र अस्ट्रेलियन सहयोग नियोग (DAFT) को आर्थिक सहयोगमा प्र्याकटिकल एक्सन, सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक सहयोगमा पूर्व सूचना प्रणालीको […]

Continue Reading

मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यलय भवन सिलान्यास

रेडियो मिसन, मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको आज नगरप्रमुख आइतमान तामाङले शिलन्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै प्रमुख तामाङले तोकिएकै समयमा भवन निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । साथै अब बन्ने हरेक संरचना बाल मैत्री तथा अपाङ्गमैत्री बन्नुपर्ने बताउँदै यसलाई ख्याल राखेर निर्माण […]

Continue Reading

घरेलुको छड्के अनुगमन, म्याद गुज्रिएका सामग्री जफत गरि नष्ट

घरेलु तथा साना उद्योग कार्याललयको छड्के अनुगमन टोलीले सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर बजारमा म्याद गुज्रिएको सामाग्री बिक्रि गर्दै गरेकोे अवस्थामा फेला पारेको छ । नवलपुर बजारको बिभिन्न पसलमा बिक्रि गर्न राखिएको म्याद गुज्रिएको चाउचाउ,बिस्कुट चकलेट,पापड, मस्यौरा,पेयपदार्थ अनुगमन टोलीले जफत गरेको हो । उक्त अनुगमन टोलीले खाद्यन्न, मासुपसल र पशुपालन फर्म गरि […]

Continue Reading

मेलम्चीमा सन्तोषी आयल स्टोर (पेट्रोल पम्प) को उद्घाटन, तेल भर्न अब अन्यत्र जान नपर्ने

रेडियो मिसन, मेलम्ची ।मेलम्चीमा आज देखी आयल स्टोर सञ्चालनमा आएको छ । मेलम्ची ११ स्थित धितालबेँशीमा सन्तोषी आयल स्टोरको आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उद्घाटन गरेसँगै स्टोरबाट तेल बितरण समेत सुरु भएको हो । आयल स्टोरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका प्रमुख तामाङले मेलम्चीमा आयल स्टोर सञ्चालनमा आएसँगै मेलम्चीको […]

Continue Reading

देशको लागि आवश्यक शैक्षिक जनशक्ति हेलम्बुले उत्पादन गर्नुपर्छ: अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिका वडा नम्बर २ किउलमा अवस्थित श्री भूमेस्वरी माध्यमिक विद्यालयको ४९ औँ वार्षिक उत्सव, आजीवन सदस्य भेला तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा आफू सधैँ सकारात्मक रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले प्राविधिक शिक्षालाई गाउँपालिकाले प्राथमिकता राखेको बताउँदै […]

Continue Reading