नेकपा एमाले पालिका कमिटी तथा वडा कमिटीद्वारा आगलागी पीडितलाई ७१ हजार सहयोग 

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 

नेकपा एमाले इन्द्रावती गाउँपालिका कमिटी तथा वडा नम्बर ४ कमिटीद्वारा आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ । 

टाकुरे आगलागी पीडितका लागी सहयोगार्थ सङ्कलित ७१ हजार एक सय १० रुपैयाँ रकम आज नेकपा एमाले गाउँ कमिटी अध्यक्ष शशिनाथ आचार्य, गाउँपालिका इन्चार्ज डबले लामा, पालिका कमिटी सचिव रामशरण गिरी, सरस्वती अधिकारी र शिव सापकोटा लगायत पार्टीका विभिन्न पदाधिकारी सहितको उपस्थितिमा उक्त सहयोग रकम पीडित रामकृष्ण गजुरेल तथा सावित्री गजुरेललाई हस्तान्तरण गरेको हो ।  

सो अवसरमा पार्टीका गाउँ कमिटी अध्यक्ष आचार्यले घटनाप्रति दुख ब्यक्त गर्दै क्षतिको तुलनामा यो सहयोग पर्याप्त नरहेपनि केही राहत हुने भएकोले सबै मिलेर सहयोग गरेको बताउनुभयो । इन्द्रावती गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका आचार्यले आगामी दिनमा पनि पालिका तथा पार्टी पीडितको सहयोगको लागी तयार रहेको बताउनुभयो । 

यही माघ १९ गते शुक्रवार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो । 

Leave a Reply