रेडियाे मिसन, पाल्चाेक
ऐतिहासिक महत्व बोकेको सिन्धुपाल्चोकस्थित पाल्चाेकमा श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ आइतबारबाट सुरू भएको छ । हेलम्बु गाउँपालिका ३ स्थित पाल्चाेकलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने तथा नेपालकै ठुलो ६००० किलाेकाे घण्ट निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ गर्न लागिएको पं रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
श्री जयबागेश्वरी पाल्चाेकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मुल समितिको आयोजनामा फागुन ६ गते आइतबार सम्म नवाह ज्ञान महायज्ञ हुने समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।
हिजाे शनिवार एक कार्यक्रमका बिच प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलले छ हजार किलाेकाे घण्टको शिलान्यास गर्नुभएको हाे । हाल नेपालकै ठुलो ५५५५ किलाेकाे घण्ट बागलुङमा रहेको छ । पाल्चाेकमा बन्ने घण्ट ६००० किलाेकाे रहने र २ वर्षमा बनाउने लक्ष्य लिएको जयबागेश्वरी पाल्चाेकी माई ठुलो घण्ट निर्माण व्यवस्थापन समितिले जनाएको छ ।
९ वटा देविहरूकाे पुजा गरेर नवाहा ज्ञान महायज्ञ गरिने पं नारायण प्रसाद खनालले जानकारी दिनुभयो । घण्ट बनाउन ३ करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । फागुन ६ गते आइतबार सम्म हुने नवाह ज्ञान महायज्ञ पं श्री राम कृष्ण सुवेदी तथा श्री नारायण प्रसाद खनालको मुखारबिन्दुबाट हुनेछ । ठुलो घण्ट निर्माणको उद्देश्य सहित गर्न लागिएको ज्ञान महायज्ञमा प्रकाश मानव सेवा आश्रमका संरक्षक तान्त्रिक गुरु प्रकाश भुजेलले २० लाख २० हजार सहयोग गर्नुभएको छ ।
त्यस्तै विष्णु बहादुर बराइलीले ५ लाख, प्रकाश मानव सेवा आश्रमका अध्यक्ष श्याम खड्काले १ लाख ५ हजार सहयाेगकाे प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सहयोग आउने क्रम जारी रहेको घण्ट व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर खड्काले जानकारी दिनुभयाे ।