ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला भव्यताका साथ सम्पन्न

रेडियाे मिसन, नवलपुर “दिगाे बिकास र पर्यटन प्रवर्द्वनका लागि उत्सवकाे बेला, ऐतिहासिक प्रथम बुढिचाैर नयाँ बर्ष मेला” भन्ने मुल नारा सहित प्रथम ऐतिहासिक बुढिचौर नयाँ बर्ष मेला २०८०/०८१ सम्पन्न भएको छ । बुढीचौर पर्यटन बिकास समितिको आयोजनामा कार्यक्रम गरिएको हो । इन्द्रावती गाउँपालिका वडा नं ९ र १० को सिमानामा पर्ने स्थान बुढिचौरमा पहिलो पटक […]

Continue Reading

मानव जीवनका लागि योग अपरिहार्य छ : नगर प्रमुख तामाङ

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मानव जीवनका लागि योग अपरिहार्य रहेको बताउनुभएको छ । मानिसको शारीरिक एवं मानसिक तनाव मुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा नगर प्रमुख तामाङले जोड दिनुभएकाे छ । मेलम्ची नगरपालिकाको आयोजना र महिला पतंञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा जारी सह–योग शिक्षक प्रशिक्षण तालिममा आयोजित नयाँबर्षको सुभकामना आदानप्रदान […]

Continue Reading

मेलम्चीका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य

सिन्धुपाल्चोककोे मेलम्ची नगरपालिकाले पालिका मातहतका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकामा बसेको कार्यापालिका बैठकले आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन सो निर्णय गरीएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो […]

Continue Reading

नेता नेपालको पहलमा सिन्धुकाेट थाक्ले सडक स्तरोन्नतीको लागी २ करोडमा ठेक्का आव्हान

“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” को लागी ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आव्हान गर्दै यस सडकको स्तरोन्नतीको लागी ठेक्का निकालेको हो । समाजसेवी तथा नेपाली कांग्रेसका नेता परमात्मा नेपालको पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटमा २ करोड बजेट बिनियोजन भएको छ । भौतिक पुर्वाधार तथा यातायात […]

Continue Reading

बलेफीका जनप्रतिनिधि र कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

बलेफी गाउँपालिकाले आफ्ना   जनप्रतिनिधि तथा  कर्मचारीका छाेरा छाेरीलाई सामुदायिक विद्यालयमा नै पठन पाठन गराउन परिपत्र जारी गरेकाे छ । २०८० बैशाख २५ गतेकाे कार्यपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका छाेरा छाेरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पठन पाठन गराउनु पर्ने निर्णय गरेकाे थियाे । सामुदायिक विद्यालयमा सबैकाे समान पहुँच , सहभागिता तथा अपनत्व वाेध गराई विद्यालयकाे शैक्षिक , […]

Continue Reading

शैक्षिक सुधारका लागि इन्द्रावतीका १० विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि इन्द्रावती गाउँपालिकाले १० वटा माध्यमिक विद्यालयको प्रधानाध्यापक फेर्ने तयारी गरेको छ । आज एक सूचना प्रकाशन गर्दै गाउँपालिकाले प्रधानाध्यापक फेर्ने तयारी गरेको जानकारी गराएको छ ।  इन्द्रावती गाउँपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौट तथा नियुक्ती सम्बन्धी कार्यविधि, २०८० बमोजिम सामुदायिक माध्यमिक विद्यालयमा सम्बन्धित विद्यालय भित्रका शिक्षकहरुबाट प्रधानाध्यापक पदमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तीको […]

Continue Reading

कक्षा ८ को परीक्षामा इन्द्रावतीका ४ विद्यालयको नतिजा शून्य, कुल ४८० मध्ये ७७ जनामात्रै पास

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ । आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री […]

Continue Reading

मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु

मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । मेलम्ची नगरपालिकाको आयोजना तथा दिर्घायु गुरु अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण सेवा सुरु भएको हो । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ( समिर) र नगर प्रमुख आइतमान तामाङको ब्लड प्रेसर र सुगर परिक्षण गरि शिविरको सुभारम्भ गरिएको दिर्घायु गुरु हस्पिटलका प्रबन्ध निर्देशक बिनोद […]

Continue Reading

मेलम्ची नगर प्रमुख तामाङद्धारा बहुउद्देश्यीय कभर्डहलकाे शिलान्यास

सिन्धुपाल्चोकको मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल बन्ने भएको छ । मेलम्ची नगरपालिका ११ मा विभिन्न खेल खेल्न मिल्ने बहुउद्देश्यीय कभर्डहल बन्ने भएको हो । कभर्डहलको आज (शनिवार) मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएकाे हाे। १ करोड ८० लाखमा ठेक्का आह्वान भएको कभर्डहल निमार्णको लागि दोबिबि निर्माण सेवाले १ करोडमा ठेक्का पाएको छ । नगर प्रमुख तामाङले […]

Continue Reading

बाहुनीपाटी माझीगाउँ थाक्ले सडक कालोपत्रे हुँदै

मेलम्ची नगरपालिका वडा नं १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रेको नगरपालिकाका प्रमुख आइतमान तामाङले अनुगमन गर्नुभएकाे छ । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयाे । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खाेलिसकिए पनि […]

Continue Reading