पाँचपोखरी लादै गरेको मिति गुज्रन लागेको चामल खाल्डेमा जफत

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची बाट पाँचपोखरी लादै गरेको मिति गुज्रन लागेको ४१ बोरा चामल जफत गरिएको छ । गाउँपालिका प्रवेशद्वार खाल्डेमा नियमित चेकजाँँचको क्रममा मिति गुज्रन एक दिन मात्र बाकी रहेको ४१ बोरा चामल जफत गरिएको खाल्डेखोलामा अवस्थित सुचना केन्द्रका कम्प्युटर अप्रेटर सपना खड्काले जानकारी दिनुभयो । मिति गुज्रन १० दिन मात्र बाकी भएका खाद्य सामग्रीलाई पालिकाले जफत गर्ने निर्णय गरेकाले नियमित चेकजाँचको क्रममा भेटिएका सामग्री नियन्त्रणमा लिने गरेको खड्काले बताउनुभयो । याङ्रीमा एकेडेमी विद्यालय लैजान लागेको ४१ बोरा चामलको १ दिन मात्र खानयोग्य मिति भेटिएपछि जफत गरिएको सूचना केन्द्रले जनाएको छ ।

गाउँपालिका वासीको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकाले प्रवेशद्वार खाल्डेमा नियमित चेकजाँच गर्ने गरेको भएपनि ब्यापारीहरुले विभिन्न बाहानामा लुकिछिपि पालिका भित्र्याउने गरेको भन्दै गाउँपालिका अध्यक्ष टासी लामाले चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष लामाले नागरिकको स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने भन्दै पटक पटक सचेत गराउँदा समेत ठुला ब्यापारी हरुलेनै जबरर्जस्ती जानी जानी मिति गुज्रिएको सामग्री पठाउने गरेकोमा आपत्ति समेत जनाउनुभयो ।

पालिकाले नियमित रुपमा बजार अनुगमन गर्ने गरेको र फेला पारेको अखाद्य वस्तु जफत गरि नष्ट गर्ने गरेको उल्लेख गर्दै अझै चेतनाको विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पालिकाको नियम विपरीत कसैले लुकिछिपि , जबरजस्ती मितिगुज्रेको सामग्री ओसारपसार प्रसार गर्ने वा किनबेच गर्ने गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

Leave a Reply