पाँचपाेखरी थाङ्पालमा म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी नष्ट

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाले म्याद गुज्रिएको अखाद्य बस्तु जफत गरी सोमबार नष्ट गरेको छ ।

बिभिन्न मितिमा बजार अनुगमनका क्रममा म्याद सकिएको करिब २ लाख पचास हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको बजार अनुगमन समितिका संयोजक एवंम गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएकोले पनि अखाद्य बस्तुहरुलाई जफत गरी नष्ट गरेकाे उहाँले बताउनुभयाे । नागरिकको स्वास्थ्य संग कुनै सम्झौता नहुने उहाँको भनाइ थियाे ।


अखाद्य बस्तुहरुले मानिसको स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव गर्ने भएकाले त्यस्ता सामाग्रिहरुको आयातलाइ निरुत्साहित गर्ने र आगामि दिनमा नियमित चेकजाँचलाई थप कडाई गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।


गतबर्ष पाँचपोखरीले पालिका स्तरीय बजार अनुगमन गर्दा होटल तथा पसलहरुबाट मिति गुज्रिएका करिब सात लाख बराबरको अखाद्य बस्तु एकैसाथ नष्ट गरेको थियो । पालिका प्रवेशमै मिति गुज्रिएका अखाद्य बस्तु जफत गर्न थालेपछि करिब ९० प्रतिशत खाद्य स्वस्च्छता कायम गर्न सफल भएको पनि गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाले पालिका प्रवेशद्धार खाल्डे सुचना केन्द्रमा नियमित चेकजाँचलाई कडाई गरेपनि ग्रामिण पसलहरुमा म्याद गुज्रिएका सामानहरु भेटिने गरेको अनुगमन समतिका सदस्य सचिव अनिल पाण्डेले बताउनुभयो ।

अनुगमनका क्रममा चामल, तेल, मैदा, पेय पदार्थ लगायतका म्याद गुज्रिएका सामानहरु फेला परेको उहाँको भनाई छ । व्यवसायीहरुले सामान आयात गर्दा अनिवार्य रुपमा मिति हेरर मात्रै ल्याउन पनि आग्रह गर्नुभयो । जफत गरिएको सामान समितिले स्थानीय, कर्मचारी, जनप्रतिनिधी, सुरक्षाकर्मी तथा संचारकर्मीको रोहबरमा नष्ट गरेको हो ।

Leave a Reply