मेलम्ची नगरपालिकाको आयोजना तथा बिकलाङ्ग मित्र समुह अपाङग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र बनेपा काभ्रेको प्राबिधिक सहयोग एवं अपाङ्गता सम्बन्धी कार्य गर्दै आएका सँस्थाहरु, टुकी संघ सुनकोशी र महिला आत्मनिर्भरता केन्द्र मांकको समन्वय तथा सहजिकरणमा अपाङ्गता पहिचान, स्वास्थ्य तथा पुनर्स्थापन घुम्ती शिविर मेलम्चीमा सम्पन्न भएको छ ।
मेलम्ची नगर अस्पतालमा आज आइतबार भएको शिविरको उद्घाटन गर्दै अस्पतालका ब्यवस्थापन समिती अध्यक्ष तथा मेलम्ची ११ का अध्यक्ष चन्द्र बहादुर तामाङले बिकलाङ्ग मित्र समुह अपाङगता बाल अस्पताल तथा पुनस्थापना केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै भावि दिनमा पनि समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । साथै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत असोक कुमार भट्राईले पनि शिविरमा उपस्थित भई अवलोकन गर्नुभएको थियो ।
शिविरमा मेलम्ची नगरपालिका भित्रका १८ वर्ष सम्मका शारिरिक अपाङता भएका ८३ जना बालबालिकाहरुले सेवा लिएका थिए । जस मध्ये ८ जनाको अपाङगता सम्बन्धी अपरेसन गर्नुपर्ने भेटिएको र उनिहरुलाई बिकलाङ्ग मित्र समुह अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपामा अपरेसन गरिने महिला, बालबालिका तथा समावेशिकरण शाखा प्रमुख, राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
त्यस्तै अन्य आठ जनालाई सहायता सामाग्रीहरु पनि बितरण गरिएको प्रमुख दुलालले जानकारी दिनुभयो । बिकलाङ्ग मित्र समुह अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका बिशेषज्ञ डाक्टरहरु तथा मेलम्ची नगर अस्पतालका डाक्टरहरुको सहजिकरणमा शिविर सम्पन्न भएको हो ।