मेलम्ची नगरपालिकामा विपन्न जेष्ठ नागरीक सम्मान कार्यक्रम भएकाे छ । विपन्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज वडा नम्बर ४, ६, ९ र १० का ७५ वर्ष भन्दा माथिका ज्येष्ठ एकल महिलाहरू प्रतिकाे सम्मान र उत्प्रेरणा स्वरूप मेलम्ची नगरपालिकाबाट न्यानाे उलनकाे पछ्याैरा प्रदान गरीएकाे रावस्व तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयाे ।
आज उपस्थित हुन नसक्नुभएका ज्येष्ठ एकल आमाहरूकाे लागि वडाबाट प्राप्त भएकाे विवरण बमाेजिमकाे सामग्री सम्बन्धित वडा अध्यक्ष र सञ्जालका पदाधिकारीहरूलाई हस्तान्तरण गरिएकाे हाे । उपस्थित हुन नसकेका ज्येष्ठ एकल आमाहरूलाई सम्बन्धित वडा अध्यक्षज्यू र सञ्जालका पदाधिकारीहरू मार्फत सामग्री उपलब्ध गराईनेछ ।
आजकाे कार्यक्रममा वडा अध्यक्षहरू सञ्जिव तामाङ, प्रेम बहादुर तामाङ, किरणदिप खड्का र अमृत खनाल सहभागि हुनुभएकाे थियाे । ज्येष्ठ नागरिक सञ्जालका नगर अध्यक्ष एकादत्त धिताल, एकल महिला सञ्जालका नगर अध्यक्ष सुनिता देउजा, ज्येष्ठ तथा एकल महिला सञ्जालकाे वडाका पदाधिकारीहरू, वडा सचिवहरू एवं समाजसेवी व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।
वडा नम्बर ७ र ८ मा २१ गते बिहानकाे लागि कार्यक्रम तय भएकाे छ भने बाँकी वडाहरूमा सम्पन्र भएकाे छ । कुल ४ लाख बजेटबाट विपन्र जेष्ठ नागरीक सम्मान कार्यक्रम सञ्चालन भएकाे हाे । मेलम्ची नगरपालिकामा कुल ६ सय ५ जना जेष्ठ एकल महीलाकाे सुचीकरण भएकाे छ । सम्मान कार्यक्रममा जेष्ठ एकल महीलाकाे गुनासाे तथा सुझाव पनि सँकलन गरीएकाे रावस्व तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलालले बताउनुभयाे ।


