शिक्षक भलिबलमा हाैसला बढाउन विव्यास अध्यक्ष मैदानमा

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिकामा भईरहेकाे जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा ईन्द्रावतीकाे टिमलाई हाैसला बढाउन नवलपुर माविका विव्यास अध्यक्ष शेर बहादुर तामाङ खेल स्थलमा पुग्नुभएकाे छ । तामाङले सबै खेलाडीहरुलाई हाैसला स्वरुप काेल्ड ड्रिङ्स वितरण गर्नुभएकाे हाे ।

आजबाट सुरु भएकाे खेलमा ईन्द्रावतीकाे टिमले सबै खेल जितेकाे छ । जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पहिलो क्वाटरफाइनलमा बलेफी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको हो ।

त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका सेमिफाइनलमा पुगेको छ । भोलि हुने तेस्रो क्वाटरफाइनल खेलमा हेलम्बु र जुगल तथा चौथोमा पाँचपोखरी ए र चौतारा साँगाचोक गढी नगरपालिका भिड्ने छन ।

पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिकाका २ टिम, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, चौतारा सागाँचोकगढि नगरपालिका, जुगल गाउँपालिका, बलेफी गाउँपालिका, हेलम्बु गाउँपालिका, सुनकोशी गाउँपालिकाको सहभागीता रहेको छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुनेले क्रमश स् ५० हजार, ३० हजार र २० हजार नगद र शिल्ड, मेडल प्राप्त गर्ने छन ।

Leave a Reply