ईन्द्रावती गाउँपालीकाले नवलपुर चोकमा नेपाल र नेदरल्यान्डस्‌बीचको विश्वकप क्रिकेट खेल देखाउने

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिकाले नेपाल र नेदरल्यान्डस्‌बीचको आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता देखाउने भएको छ । विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्डस्‌सँग राति ९:१५ बजेदेखि खेल्दै छ ।

अमेरिकाको प्रेरी क्रिकेट रंगशालामा हुन लागेको नेपालको खेल नवलपुर चाेकमा रहेकाे प्रहरी विटबाट डिजिटल स्क्रिनमा देखाउन लागेको सुचना प्रविधि अधिकृत सन्ताेष सापकोटाले जानकारी दिनुभयाे ।

यसअघि काठमाडौं महानगर र पाेखरा महानगरले पनि विभिन्न ठाँउबाट खेल हेर्न मिल्ने व्यावस्था गरीसकेका छन् ।

Leave a Reply