मेलम्ची क्षेत्रका तीन मुख्य सडक बहुवर्षीय योजनामा

काठमाडौँ ।सिन्धुपाल्चोक जिल्लाका तीन प्रमुख सडकलाई बहुवर्षीय योजना अन्तर्गत निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै सडक योजना छिटो कार्यान्वयन गर्न आग्रह गरिएको हो । प्रतिनिधिमण्डलले मेलम्चीमा आयोजित भेटवार्तामा तीनवटै सडक योजनाहरूलाई चालु […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठनको चौथो विस्तारित बैठक सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति, सिन्धुपाल्चोकको चौथो विस्तारित बैठक आज सम्पन्न भएको छ। जिल्ला अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व सांसद सुभाष कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बैठकको सहजीकरण संगठनका सचिव डोलबहादुर घलेले गर्नुभएको थियो। अध्यक्ष दुर्गाप्रसाद ढुङ्गेलले स्वागत मन्तव्य राख्दै संगठनको भूमिका […]

Continue Reading

फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनद्वारा २० विद्यार्थीलाई छात्रवृत्ति वितरण

फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनको आयोजनामा शनिबार एक कार्यक्रमका बीच संस्थाको सहयोगमा अध्ययन गरिरहेका २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रममा स्टेशनरीसहितका शैक्षिक सामग्री प्रदान गरिएको हो भने ती सबै विद्यार्थीको पढाइको सम्पूर्ण खर्च संस्था आफैंले व्यहोर्नेछ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले परिवर्तन हाम्रो पालामै सम्भव छ भन्दै […]

Continue Reading

बन्ने भयाे इन्द्रावती सबस्टेशन भवन, निर्माणको लागि बोलपत्र आह्वान

मेलम्ची । गतबर्षको बाढीले क्षति पुगेपछि बन्द भएको इन्द्रावती सवस्टेशन पुनः संचालनको लागि भवन निर्माण हुने भएको छ । गतबर्षको अविरल बर्षासंगैको बाढीले सवस्टेशनको भवनलाई पुर्ण क्षति पु¥याएको थियो भने फिडर,व्याट्री व्यापअप लगायतको केही इलोक्ट्रोनिक्स सामाहरु बढीले बगाएको थियो । भवन निर्माणका लागि नेपाल विधुत प्राधिकरण, खिम्ती ग्रिड शाखा देवीटार, रामेछापले ठेक्का आह्वान गरेको हो […]

Continue Reading

हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

हेलम्बु । हेलम्बु गाउँपालिकाको प्रशासनिक भवनको शिलन्यास गरिएको छ। आज एक कार्यक्रमका बीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जन शेर्पाले पालिका भवनको शिलान्यास गरेका हुन् । २३ करोड १९ लाख लागत अनुमान रहेको उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत […]

Continue Reading

पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष […]

Continue Reading

मेलम्चीमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक कार्यशाला सम्पन्न

टुकी संघ सुनकोशीको आयोजना तथा मेलम्ची नगरपालिकाको समन्वयमा “अपाङ्गता नीति, व्यवस्था तथा आर्थिक समावेशीकरण” विषयक एक दिने अभिमुखीकरण कार्यशाला आज सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता भएका व्यक्तिहरूप्रति राज्य तथा निजी क्षेत्रको उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अपाङ्गता भएका नागरिकहरूको अधिकार, पहुँच, […]

Continue Reading

एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण

नवलपुर । एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित […]

Continue Reading

हेलम्बुको ब्ल्याल्चे झरनामा आन्तरिक पर्यटककाे घुईँचाे

श्याम लामिछाने हेलम्बु, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–७, सुल्सिङमा अवस्थित ब्ल्याल्चे झरना यतिबेला आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ। तामाङ्ग संस्कृतिको अर्थ बोकेको ‘ब्ल्याल्चे’ नामले चिनिएको यस झरनाले अहिले प्राकृतिक सौन्दर्यका खोजीमा निस्केका घुमन्तेहरूको ध्यान तान्न थालेको छ। अहिले झरनासम्म पुग्ने बाटोहरु विस्तार हुँदै गएका छन्, जसले गर्दा पैदल यात्रु मात्र नभइ निजी सवारी र समूहगत […]

Continue Reading

पाँचपोखरीमा कोसेली घर स्थापनाबारे अन्तरक्रिया सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकामा उत्पादित कृषि उपजहरुको बजारीकरण, कोसेली घर स्थापना तथा व्यवस्थापनबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC), मुना कृषि लिमिटेड (मुना बजार), तथा उत्पादनमा संलग्न ४ वटा कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न सुझाव र योजनाहरु प्रस्तुत गरिएको थियो। कोसेली घर स्थापनाका सम्भावनाबारे थप जानकारी […]

Continue Reading