थकनी गैरिटोलका आगलागी पिडितलाई सांसद तामाङद्वारा सहयोग

रेडियो मिसन ।गैरिटोलका आगलागी पिडितलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङले सहयोग गर्नुभएको छ । बुधबार राती करिव ८ बजे घरमा करेन्ट सर्ट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा सहित सम्पूर्ण सामाग्री गुमाउनुभएका मेलम्ची –४, थकनीका मुइलामा तामाङको परिवारलाई बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका […]

Continue Reading

मेलम्चीमा व्यावसायीक टेलर सम्बन्धि ४ महिने तालिम सम्पन्न

रेडियो मिसन ।४ महिने व्यावसायीक टेलर सम्बन्धि तालिमको आज समापन गरिएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा मेलम्चीमा आयोजित ४ महिने सिलाई कटाई तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीक रुपमा लाग्नेलाई नगरले थप तालिमको ब्यबस्था गर्ने […]

Continue Reading

सिन्धुपाल्चोकमा ९८ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुवेला विरुद्धको खोप

रेडियो मिसन ।सिन्धुपाल्चोक जिल्लामा ९८ प्रतिशत बालबालिकाले दादुरा–रुवेला विरुद्धको खोप लगाएका छन् । गत फागुन १४ गतेबाट सुरु भएको दादुरा–रुबेला विरुद्धको खोप अभियानमा १५ हजार ३ सय ९१ बालबालिका खोपबाट लाभान्वित भएका हुन् । १५ हजार ६ सय ७० बालबालिकालाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाईँले बताउनुभयो । ९ महिनादेखि ५ वर्षभित्रका […]

Continue Reading

मेलम्ची ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रेडियो मिसन । मेलम्ची नगरपालिका वडा नम्बर ९ कोे सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम […]

Continue Reading

तातोपानी नाकाबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु बरामद

रेडियो मिसन ।मोटरसाइकलमा सवार युवाको खानतलासी गर्दा इलाका प्रहरी कार्यालय बाह्रबिसेले एक केजी सुनजस्तो देखिने पहेँलो पदार्थ फेला पारेको छ । भे. ११ प ५५५८ नम्बरको सेतो एनएस मोटरसाइकलमा सवार भोटेकोसी वडा नं. ५ मार्मिङ निवासी २३ वर्षीय थार्चेन तेम्बा तामाङको पेटमा बाँधेर लुकाएको सो पदार्थ प्रहरीले बरामद गरेको हो । तातोपानी नाकाबाट सामान बोकेर […]

Continue Reading

गोल्मा राजारानीको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

रेडियो मिसन । गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । दिगो शान्तिका लागि उन्नत संबन्ध भन्ने नाराका साथ प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरण र माकुरा समुहको आयोजनामा भएको कार्यक्रममा गोल्मा राजारानी सामुदायिक बन उपभोक्ता समुहको आर्थिक सुशासन तथा सिमाना संबन्धी द्वन्द्वमा साझा विकल्प पारितको संयुक्त बैठक […]

Continue Reading

अरुलाई गाली गरेर देश बन्न सक्दैन : मन्त्री दुलाल

रेडियो मिसन । बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले अहिलेको अवस्थामा अरुलाई गाली गरेर देश नबन्ने बताउनुभएको छ । अब देश हामीले र हाम्रा विद्यार्थीहरुलेनै देश बनाउन सक्ने बताउनुभएको हो । साथै विदेश गएर देश नबन्ने स्पष्ट पार्दै मन्त्री दुलालले विद्यालय स्तरमै विद्यार्थी हरुलाई देश बनाउनका लागी मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो । इष्ट पोइन्ट […]

Continue Reading

चौतारामा स्थानीयवासीलाई भजन प्रशिक्षण शुरु

रेडियो मिसन ।२०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई प्रशिक्षण शुरु गरिएको छ । स्थानीय सम्पदा संरक्षण गुथिको आयोजनामा शुरु गरिएको प्रशिक्षणका लागि काठमाडौँको ज्यापु संस्कृति विकास कोषले विभिन्न बाजाहरू उपलब्ध गराएको छ । प्रशिक्षण श्रीहरि भजन (मृदङ्ग) सुनाकोथीकातर्फबाट प्रदान गरिएको हो । आइतबार पुरानो बजारमा […]

Continue Reading

आन्दोलनका लागी सिन्धुपाल्चोक राप्रपाद्धारा ५१ सदस्यीय समिती गठन

रेडियो मिसन । राष्ट्रिय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दोलन परीचालन समिती बनेको छ । चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा. राजेश गिरीले प्रजातन्त्रमा जनता भन्दा […]

Continue Reading

सरस्वती माध्यमिक विद्यालयलाई अरुणिमा परोपकारद्धारा ३ लाख १ हजार सहयोग

रेडियो मिसन ।अरुणिमा परोपकार प्रतिष्ठान काठमाडौले प्राकृतिक प्रकोप बाढीबाट प्रभावित सिन्धुपाल्चोकको अग्रणी शैक्षिक संस्था सरस्वती माध्यमिक विद्यालय ग्याल्थुम संरक्षणका लागी आर्थिक सहयोग गरेको छ । अरुणिमा परोपकार प्रतिष्ठानले आज एक कार्यक्रमका बिच विद्यालयलाई ३ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एवम् अरुणिमा परोपकार प्रतिष्ठानका सदस्य शेरबहादुर तामाङले आफुले […]

Continue Reading