नवलपुर माध्यमिक बिद्यालयको ७६ औं वार्षिकोत्सब सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर माध्यमिक बिद्यालयको ७६ औं वार्षिकोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष शेर बहादुर तामाङको सभापतित्व र इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले बिद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिका सदैब तयार रहेको बताउनुभयो । उहाँले प्वाख बिनाको चरो र शिक्षा बिनाको मान्छे एउटै हुने बताउँदै शिक्षित भए मात्रै सुन्दर र समृद्ध समाज र समुदायको परिकल्पना गर्दै अघि बढ्न सकिने बताउनुभयो । शैक्षिक बिकास बिना समाज र समुदाय बिकास हुन नसकिने बताउँदै समाज र समुदाय एकीकृत ढंगले अघि बढाउन शैक्षिक बिकास जरुरी रहेको धारणा राख्नुभयो ।
बिद्यालयको वार्षिक प्रतिवेदन अनुसार सिकाइ उपलब्धि बर्षेनी बृद्धि हुँदै गएको देखिएको र अब अर्को वर्ष ५ प्रतीशत बृद्दी हुनेमा बिश्वस्त रहँदै त्यसका लागि गाउँपालिका खेल्नुपर्ने भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । बिद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्दिका लागी दक्ष शिक्षक, कुशल ब्यबस्थापक, जागरुक अभिभावक र अनुसासित विद्यार्थी भए मात्रै सम्भव हुने भएकोले त्यसमा जोड दिन अनुरोध गर्नुभयो ।

कार्यक्रमका बिशेष अतिथि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी तथा पूर्व जिल्ला सचिव बिल बहादुर तामाङले यस बिद्यालय प्रती अद्भुत प्रेम र माया रहेको बताउँदै शैक्षिक अवस्था मजबुत बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । सबैको साथ र सहयोगले मात्रै गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ठ विद्यार्थी उत्पादन हुने र बिद्यालयको नाम समेत रोशन गर्ने उहाँको भनाई थियो । स्थानीय तहले बिद्यालयको उचित अनुगमन तथा मुल्यांकन गरी शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउन जरुरी उहाँको धारणा थियो । सरकारी बिद्यालयहरुमा शैक्षिक स्थिति सुधारका लागि स्थानीय सरकार लगायत तिनै तहका सरकारले चासो दिनुपर्ने बताउँदै राज्यले शिक्षाको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बिद्यालयलाई यो स्थान सम्म ल्याउन दुःख गर्ने सबै प्रति आभार ब्यक्त गर्दै बिभिन्न समयमा सहयोग गर्नेहरु प्रति धन्यबाद ब्यक्त गर्नुभयो । बिद्यालय शैक्षिक सुधारको लागी अतिरिक्त कक्षा संचालनको लागि बजेट ब्यबस्थापन गरेको बताउँदै वडाले बिपन्न बर्गको विद्यार्थीलाई स्टेसनरी सामाग्रीको लागि पनि सहयोग गरेको बताउनुभयो । हाल सम्म वडाले शिक्षाको क्षेत्रमा लगानी गर्न कन्जुस्याइँ नगरेको र अब पनि नगर्ने बताउँदै आगामी दिनमा पनि सबैसँग सल्लाह गरेर बजेटको ब्यबस्था गर्ने बताउनुभयो । यस बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरु बिभिन्न तह र तप्कामा पुगिसकेकोले उनिहरुसँग समन्वय गरी अघि बढेमा शैक्षिक सुधारमा टेवा पुग्ने उहाँको भनाई थियो । नवलपुर माबि गाउँपालिकाको प्रशासनिक भवन नजिक रहेको हिसाबले पनि सबै बिद्यालयको नेतृत्व गर्ने गरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । सबैको सहयोगले मात्रै बिद्यालय अघि बढ्ने बताउँदै अबिभावकको चासो कम देखिएको प्रति गुनासो गर्नुभयो ।

इन्द्रावती गाउँपालिका २ का अध्यक्ष श्याम बहादुर गिरीले मोहन बहादुर गिरीको शैक्षिक अभियानको एक सदस्य रहेको बताउँदै हालसम्म गाउँपालिका भित्रका ३४ ओटा बिद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको र बाँकी ८ मा क्रमस बितरण गर्दै जाने जानकारी दिनुभयो ।

बिद्यालयका पुर्व बिब्यस अध्यक्ष फुर्बा लामाले कार्यक्रम पुर्ण सफलताको शुभकामना दिँदै कार्यक्रमका बिशेष अतिथि बंशलाल तामाङले पठाउनुभएको शुभकामना शन्देस पढेर सुनाउनुभयो । साथै हवल कान्छीमाया अक्षयकोष बापत बितरण गर्नको लागि पठाउनुभएको रकम पनि हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली कङ्ग्रेस इन्द्रावती गाउँपालिका सभापति जीवन कुमार थापा मगरले कार्यक्रममा आफ्नो भनाई राख्दै बिद्यालय एक बगैँचा भएको र यस बगैंचामा सबै किसिमका फुलहरु हुर्किने थलो भएको बताउनुभयो । साथै बिद्यालयमा सबैलाई एकै खाले शिक्षा दिइने बताउँदै अक्षर मात्रै नभै सबै प्रकारका ब्यवहार समेत सिकाउने थलो समेत भएको बताउनुभयो । शिक्षकले बिद्यालयमा विद्यार्थीलाई जस्तो संस्कार सिकायो त्यस्तै सिक्ने बताउँदै उनिहरुको रुचि बुझेर त्यस अनुसार उचित संस्कार दिन जरुरी रहेको बताउनुभयो । अब पुराना बिद्यालयहरुले अभिभावकको भर नपरी भुपु विद्यार्थीहरुसँग समन्वय गर्न सके बिद्यालय बिकासमा सहयोग पुग्ने उहाँको भनाई थियो । साथै बिद्यालयमा राजनिती गर्न जरुरी रहेको र जुन राजनीति दलिय फाइदाको लागि नभई बिद्यालयको फाइदाको लागि हुनुपर्ने धारणा राख्नुभयो । उहाँले बिद्यालयको लागी खेलकुद सामाग्री बितरण समेत गर्नुभएको छ ।

नेकपा एमाले गाउँपालिका कमिटी प्रतिनिधि गोबिन्द कोइरालाले बिद्यालयहरुबिच स्वस्थ प्रतिस्पर्धाका साथ राम्रो बिध्यार्थी उत्पादन हुनुपर्ने बताउनुभयो । अब समय सँगै बिध्यालयलाई फरक ढंगले अघि बढाउन जरुरी रहेको बताउनुभयो । निजि बिद्यालयसँग प्रतिस्पर्धा गर्न छोडेर गुणस्तरमा जोड दिनुपर्नेमा उहाँको जोड थियो ।

नेकपा माओवादी केन्द्र पालिका अध्यक्ष देबेन्द्र प्रसाद दहालले आफू यसै बिद्यालयको पुर्व बिद्यार्थी रहेको बताउँदै कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । यस बिद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु विभिन्न पद र ओहोदामा पुगेको बताउँदै उनिहरुबाट पनि सल्लाह लिएर अघि बढ्न सुझाव दिनुभयो । शैक्षिक उन्नतिको लागि सँधै साथमा रहेको बताउँदै भौतिक अवस्था सुधार नै बिद्यालयको बिकास नभएको र विद्यार्थीहरुको शैक्षिक बिकास हुन जरुरी रहेको बताउनुभयो । बिद्यालयहरु राजनीति भन्दा बाहिर रहनुपर्ने र अभिभावकहरुले पनि आफ्नो विद्यार्थीहरुको बारेमा चासो राख्न जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै मुना फाउन्डेसन आषिश लामाले फाउन्डेसनले एम सि कार्यक्रमको सुरुवात गर्न लागेको जानकारी दिँदै जुन कार्यक्रम बिद्यालयहरु सँग सम्बन्धित रहेको र विद्यार्थीहरुकै लागि हुने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका प्रदेश प्रतिनिधि दया कुमारी मिश्र पुर्व वडा सदस्यले अक्षयकोषमा आफ्नो पनि सहयोग रहने बताउनुभयो ।
प्रधानाध्यापक सुरेन्द्र मान श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयमा आवश्यक बिभिन्न भौतिक संरचना तथा शैक्षिक बिषयबस्तुहरु ब्यबस्थापनका लागि गाउँपालिका अध्यक्षको ध्यानाकर्षण समेत गर्नुभएको थियो । आर्थिक प्रतिवेदन लेखापाल भिम राज तामाङले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती सदस्य राजु तामाङले स्वागत मन्तव्य राख्नुभयो भने कराँते प्रशिक्षक ओम्बो लामाले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका साभापती विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष शेर बहादुर तामाङले बिद्यालयको निमन्त्रणालाई स्वीकार गरी उपस्तिथि जनाउनुहुने सबैलाई धन्यबाद व्यक्त गर्दै न्यून अभिभावक उपस्थिति प्रती असन्तुष्टी जनाउनुभयो । उहाँले शिक्षा मानिसको जिवनमा अभिन्न अंग भएको बताउँदै यसऐइलाई बेवास्ता नगर्न सबैमा आह्वान गर्नुभयो ।

साथै बिद्यालयको लागी बजेट माग गर्दा पनि पालिकाले वास्ता नगरेको उहाँको गुनासो थियो । बिद्यालयको लागि बजेट माग गर्दा पनि पुरानै बजेटलाई देखाएर आलटाल गरेको उहाँले बताउनुभयो । शिक्षा शाखाबाट अनुगमन गर्न समेत कन्जुस्याइँ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कार्यक्रमको अवसरमा समर्पण छात्रवृत्ति तथा पुरस्कार अक्षयकोष स्थापनाको पनि घोषणा गरिएको छ । जुन कोषको लागि विभिन्न ब्यक्तिहरुबाट हालसम्म १ लाख ३६ हजारको प्रतिबद्धता आएको र ४० हजार रुपैयाँ जम्मा भइसकेको बिद्यालयका शिक्षक चित्र कुमारी खोखालीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्ने र बिद्यालयमा भएका अतिरिक्त कृयाकलापहरुमा पुरस्कार बितरणमा प्रयोग गरिने गरि उक्त अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा स्तरीय डिजिटल हाजिरिजवाफ प्रतियोगितामा सहभागी भई पहिलो दोस्रो र तेस्रो स्थान हाँसिल गरेका बिद्यार्थीहरुलाई पुरस्कार बितरण पनि गरिएको थियो । प्रतियोगितामा भिमसेन आधारभुत बिद्यालय पहिलो, टाकुरे आधारभुत बिद्यालय दोस्रो र नगलपुर माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले तेस्रो स्थान हाँसिल गरेका थिए ।

साथै कार्यक्रममा बिभिन्न अक्षयकोषबाट छात्रबृद्धि तथा कक्षामा उत्कृठ बिद्यार्थीहरुलाई पुरस्कार बितरण पनि गरिएको थियो । कार्यक्रममा सेलो गायक तेज थिङ र बिद्यार्थीहरुले बिबिध साँस्कृतिक प्रस्तुती मार्फत मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रमा माथीका वक्ताहरु सँगै वडा नम्बर ८ का अध्यक्ष दिल कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक जय नेपाल थापा, बिभिन्न बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरु, सञ्चारकर्मी तथा पत्रकारहरु अभिभावकरु तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply