‘साथ’ को पालिका स्तरिय अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन । गुणस्तरीय स्वास्थ्यका लागी आफ्नै पहल ‘साथ’ सम्बन्धी पालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र मांक र फेयर मेडको आयोजनामा भएको कार्यक्रमको इन्दुका कार्कीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गुणस्तरीय स्वास्थ्यका लागी आमा समुहको बैंककलाई निरंतरता दिने,सम्पुर्ण प्रजनन योग्य आमाहरुको उच्च सहभागीताको यकिन गर्ने, नसमेटिएका प्रजनन […]

Continue Reading

दुवाचौरमा ऐतिहासिक रोपाईं जात्रा सम्पन्न

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा रोपाईं जात्रा धुमधामका साथ मनाइएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाईं जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाईं जात्रालाई आफुहरुले निरन्तरता दिँदै आएको स्थानीय विरबहादुर श्रेष्ठले जानकारी दिनुभयो । मौलिक जात्राको रुपमा मनाइने रोपाईं जात्रामा धान रोप्नेदेखि लिएर रमाइलो गर्नेसम्मका कार्य गरिन्छ । कृषिप्रधान देश […]

Continue Reading

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न

ईन्द्रावतीमा MGML को बार्षिक समिक्षा तथा स्थानिय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइ कार्यक्रम ईन्द्रावतीमा २०७६ देखी लागु भईरहेको छ । हाल इन्द्रावतीको १३ वटा विद्यालयमा MGML विधिबाट शिक्षण सिकाई भईरहेको छ । कार्यक्रममा बोल्दै ईन्द्रावती गाउँपालिकाका अध्यक्ष, झम्कनाथ नेपालले पालिकाको तर्फबाट गर्नुपर्ने काम गरेको डाटाले पनि देखाएको बताउनुभयो । […]

Continue Reading

हेलम्बु गाउँपालिकाको ग्याल्थुममा अवरुद्ध सडक सञ्चालन

अविरल वर्षाका कारण अवरुद्ध हेलम्बु गाउँपालिका – ४ स्थित ग्याल्थुममा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडक अन्तर्गत ग्याल्थुममा खोलाले कटान गरी सडक अवरुद्ध भएको थियो । हिजोदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । शेर्पाले गाउँपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि सक्दो प्रयास गरीरहेको शेर्पाले जानकारी दिनुभयो […]

Continue Reading

सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलको श्रमदान

रेडियो मिसन,ग्याल्थुम हेलम्बु गाँउपालिका यतिबेला बाढीका कारण चपेटामा परेको छ । बाढीका कारण हेलम्बुका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरुमा क्षति पुगिरहेको छ । बाँकी संरचनाहरु जोगाउन हर तरहका प्रयासहरू भईरहेका छन् । सरस्वती माविको बाँकी संरचना जोगाउन नेपाल तरुण दलले श्रमदान गरेको छ । बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङ (समीर) र हेलम्बु –४ का वडा […]

Continue Reading

ललितपुरले महानगरद्धारा हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलव्ध गराएको छ । विपद व्यवस्थापनका लागि भन्दै महानगरपालिकाले हेलम्बु गाउँपालिकालाई रु १२ लाख रुपैयाँ सहयोग उपलव्ध गराइएको हो ।यस वर्षको मनुसन सरु भए लगत्तै बाढी र पहिरोबाट क्षति वेहोर्दै आएको हेलम्बुले शुक्रबार ठूलै क्षति बेहोर्नु परेको थियो । अविरल वर्षासँगै भदौ ८ गते आएको मेलम्ची बाढीले यस […]

Continue Reading

छिमेकी पालिकाको विपदमा मेलम्चीले सहयोग गर्छ : नगर प्रमुख तामाङ

बाढी प्रभावित हेलम्बु गाउँपालिकाको मेलम्ची नगर प्रमुख आईतमान तामाङले निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा प्रमुख तामाङले हेलम्बुका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र उपाध्यक्ष अप्सरा लामिछानेसँग छिमेकी पालिकामा परेको विपदमा मेलम्ची नगरपालिकाले आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ । हेलम्वु गाउँपालिका क्षेत्रमा बाढि र पहिरोले पु¥याएको क्षतिको मेलम्ची नगर प्रमुख आइतमान तामाङ, नेपाली कांग्रेस, सिन्धुपाल्चोकका […]

Continue Reading

बाढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति बलियाे देखियाे, काम हुने विश्वास गर्दछु : हस्त पण्डित

हेलम्बु बाढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति बलियाे देखिएकाे नेकपा एमालेका नेता हस्त पण्डितले बताउनुभएकाे छ । सरकारी उपस्थिति बलियाे देखिएसंगै हेलम्बु मेलम्ची क्षेत्रमा अब काम हुनेमा विश्वास लागेकाे पण्डितले बताउनुभयाे । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पाेष्ट गर्दै उहाँले भन्नुभयाे “नदिमा जमेर बसेका ठाउँहरुको गिट्टी ढुङ्गा बगाउने र सम्भावित कटान हुने ठाउँहरुको पहिचान गरि जाली […]

Continue Reading

राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा ईन्द्रावतिमा बृक्षरोपण

ईन्द्रावति गाउँपालिकामा राष्ट्रिय युवा संध नेपाल सिन्धुपाल्चोकद्धारा युवा भेला तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोे छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले आज एक कार्यक्रमका विच वडा नम्बर ५ स्थीत विभिन्न प्रजातिका २ सय बिरुवा रोपेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथी नेकपा एमाले ईन्द्रावति गाँउ कमिटीका ईन्चार्ज डबले लामाले राष्ट्रिय युवासंघ रहरलाग्दा युवाहरूको […]

Continue Reading

सरस्वती मा.विकाे आकस्मिक बैठकमा सांसद तामाङले भन्नुभयाे “विद्यालय जाेगाउन प्रयत्नशील छाैँ”

हेलम्बु , बाढीले निरन्तर कटान गरेपछि हेलम्बुकाे सरस्वती मा.विले आकस्मिक वैठक गरेकाे छ । मेलम्ची खोलामा निरन्तर आएको बाढिको कारण अति जोखिम अवस्था पुगेको श्री सरस्वती मा.बि, ग्याल्थुमले विद्यालयलाई तत्काल कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठक गरेकाे हाे । बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर), हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने, […]

Continue Reading