मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने निर्णय भए पछी सिन्धुपाल्चोक जिल्लाको १२ पालिका मध्य सबै भन्दा धेरै सहयोग गर्ने नगरपालिका बनेको छ । नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई २० लाख सहयोग गर्ने भएको मेलम्ची नगरपालिकाका प्रेस संयोजक युबराज पुरीले जानकारी दिनुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत को ३ दिनको तलब अधिकृत स्तरका कर्मचारी हरुको २ दिन को तलब र अन्य सहायक स्तर कर्मचारी हरुको १ दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेलम्ची नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारी दिनु भयो।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई १७ लाख सहयोग गर्ने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकमा केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्ने गरी नगरपालिकाले १७ लाख रकम घोषणा गरेको सचिबालयका रमेश सापकोटाले जानकारी दिनु भयो ।
यसअघि बाह्रिबिसे नगरपालिकाले १५ लाख सहयोग गर्ने घोषणा गरेको छ भने त्रिपुरा सुन्दरी गाउँपालिकाले १० लाख भोटेकोशी गाउँपालिकाले १० लाख बलेफी गाँउपालिकाले ५ लाख, जुगल गाँउपालिकाले ३ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन भने जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्वोले ब्यक्तिगत रुपमा र उहाँको छोरीले पनी ब्यक्तीगत रुपमा सहयोग गर्ने घोषणा गरिसक्नु भएको छ ।