रेडियो मिसन, मेलम्ची
मेलम्ची नगरपालिकाको टीमले निर्माणाधिन मध्यपहाडी लोकमार्ग आसपासका विभिन्न स्थानमा अनुगमन गरेको छ । नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा गएको टोलिले अनुगमन गरेको ह
अनुगमनको क्रममा नगर प्रमुख आइतमान तामाङले खानिकै रुपमा उत्खनन भएको नपाईएको बताउनुभयो । व्यक्तीगत प्रयोजनका लागि स्थानियले जमिन सम्याँउदा निस्केको ढुँगाहरु लगाएतका सामाग्रिहरु उत्खनन गर्दा कानुनि दायरामा आउन स्थानियलाई प्रमुख तामाङले निर्देशन दिनुभएको छ । साथै हाल उत्खनन भएका स्थानहरुले कुनैपनि बस्तीहरुमा जोखिम नदेखीएको पनि उहाँले बताउनुभएको छ । करको दायरामा आउनेहरुलाई नगरपालिकाले साथ दिने पनि उहाँले बताउनुभएको छ ।
अनुगमनको क्रममा उपप्रमुख उमा प्रधानले हाल भईरहेको उत्खनन रोक्ने बताउनुभएको छ । नगरपालिकामा आवश्यक छलफल गरी प्राविधिक अध्ययन गरी सञ्चालनको प्रक्रिया अधि बढाउने बताउनुभएको छ ।
स्थानिय नकुल चौलागाईले व्यावसायीक प्रयोजनको लागि नभई आफ्नो व्यक्तिगत प्रयोजनको लागि भएको बताउनुभएको छ । माथि रहेको भैंसि फर्मलाई स्थानान्तरण गर्नको लागि आफ्नो जग्गा सम्याएको दावि गर्नुभएको छ ।
नगरपालिकाको वडा नम्बर १२ र ५ का केही स्थानमा अवैध रुपमा उत्खनन गरीएको भन्ने सुचनाको आधारमा नगरपालिकाको टीमले अनुगमन गरेको हो । हाल मध्यपहाडी लोकमार्गमा धमाधम काम भईरहेको छ । सडक निर्माणको लागि आवश्यक पर्ने ढुँगा निर्माण कम्पनीले स्थानियबाट लिईरहेको छ । स्थानियले दिएको ढुँगामा स्थानयबाट नै आवाज उठेपछी नगरपालिकाले आज स्थलगत रुपमा अनुगमन गरेको हो ।
विभिन्न सञ्चार माध्यममा अवैध ढुँगाखानिमा जनप्रतिनिधीको संलग्नता भनि आएको समाचारले स्थानियलाई थप शसंकीत बनाएको थियो । स्थलगत रुपमा भने स्थानियले आफ्नै जमिन सम्याउँदा निस्केको ढुँगाहरु निर्माण कम्पनिलाई दिएको दावि गरेका छन् ।
अनुगमनमा नगर प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधान, प्रमुख प्रसासकीय अधिकृत निमेश मिश्र, वडा अध्यक्षहरु, गणेश बहादुर तामाङ, राजु रायमाझी, सञ्जीव तामाङ र कुमार बञ्जरा लगाएत सञ्चारकर्मी तथा स्थानियको सहभागिा रहेको थियो ।




