भूकम्प प्रभावितलाई मेलम्ची नगरपालिकाका कर्मचारीले सहयोग गर्ने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले भूकम्प प्रभावितलाई राहत दिने भएका छन् । भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायत प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन् ।

नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतको ३ दिनको, अधिकृत स्तरको कर्मचारीको २ र अन्य कर्मचारीको १ दिनको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो ।

उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषमा उपलब्ध गराउने निर्णय गरिएको पुडासैनीले बताउनुभयो । गत शुक्रवार गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट, रुकुम पूर्व, सल्यान जिल्लामा मानवीय तथा भौतिक क्षति पु¥याएको छ ।

Leave a Reply