वडास्तरीय व्याडमिन्टन प्रतियोगितामा नेत्र र जितुको जोडी पहिलो

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

दुुवाचौर ।
मेलम्ची नगरपालिका ७ को आर्थिक सहयोग र दुवाचौर ब्याडमिन्टन एकेडेमीको आयोजनामा वडास्तरिय पुरूष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नेत्र तामाङ र जितु भारतीको जोडी च्याम्पियन बनेका छन् । लोकेश तामाङ र डम्बर तामाङ को जोडीलाई २१ १८ र २१ १७ सोझो सेटमा पराजित गर्दै पहिलो भएका उनीहरुले नगद ८ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दोश्रो भएको लोकेश र डम्बर तामाङको जोडीले नगद ६ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हातपार्दा प्रतियोगितामा तेश्रो हुँदै वडा अध्यक्ष पासाङ तामाङ र इन्द्र श्रेष्ठको जोडीले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएका छन् ।
६ जोडी सहभागि प्रतियोगितामा विजयी खेलाडीहरुलाई वडा सदस्य श्रीकृष्ण श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply