एकादशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसी खाडिचौरलाई

रेडियो मिसन ।८० हजार पुरस्कार राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय ड ए साइड खुल्ला पुरुष एकदशी फुटबल प्रतियोगीताको उपाधी लामा एफसि खाडिचौरले उचालेको छ । बोडगाउँ युवाक्लव इन्द्रावती ११ को आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बोडगाउँ ए लाई २–० गोल अन्तरले पराजित गर्दै लामा एफसिले उपाधी कब्जा गर्न सफल भएको हो । प्रतियोगितामा प्रथम भएको लामा […]

Continue Reading

भोटेचौरमा सम्पन्न मेलम्ची नगर स्तरिय भलिबलको उपाधि उर्गेन क्षेखोर्लिङ गुम्बा मेलम्ची ८ लाई

रेडियो मिसन । दोस्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी उर्गेन क्षेखोर्लिङ गुम्बा टोलीले हात पारेको छ । फाइनलमा मेलम्ची ६ तालामाराङलाई पराजित गर्दै गुम्बा टोलीलले उपाधी सहित एक लाख नगद प्राप्त गरेको हो । उपविजेता तालामाराङले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा […]

Continue Reading

भोटेचौरमा एक लाख राशी पुरस्कारको भलिवल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न

रेडियो मिसन । दिपावलीको अवसरमा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भोटेचौरमा सुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले गर्नुभएको हो । प्रतियोगिताको पहिलो दिन चार ओटा खेलहरु […]

Continue Reading

मालिकादेवी कप : उपाधिका लागि सुनकोशी बी र धार्पा बिच प्रतिस्पर्धा हुने

रेडियो मिसन । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबलको उपाधिका लागि सुनकोशी बी र धार्पा युथ क्लब बीच प्रतिस्पर्धा हुने भएको छ । दुबै टोलीले बिपक्षी टिमलाई पेनाल्टीमा परमजित गर्दै फाइनल यात्रा तय गरेको हो । फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा राई बोइज एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सुनकोशी […]

Continue Reading

मालिका देवी कप : सेमिफाइनल समीकरण पूरा

रेडियो मिसन । चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने टोलिको टुङ्गो लागेको छ । प्रतियोगितामा राई एफसी, सुनकोशी बि, चौतारा स्पोर्टिङ क्लब र धार्पा युवा क्लब सेमिफाइनलमा आयोजक सँस्थाका सचिव सबिन दंगालले जानकारी दिनुभयो । आज भएको पहिलो क्वाटर फाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलन्तरले पराजित गर्दै […]

Continue Reading

सुकुटे, धार्पा, पोखरे र राई ब्वाइज मालिकादेवी कपको क्वाटरफाइनलमा

रेडियो मिसन ।सुकुटे युवा जागरण मञ्च चौथो संस्करणको मालिकादेवी कप खुला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ । मेलचौर युवा जागरण समाज चौताराको आयोजनमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आज मंगलबार सुकुटेले सेतिदेबी युवा क्लवलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै क्वाटरफाइनल प्रबेश गरेको हो । चौतारा साँगाचोकगढी–७ मेलचौर दरबारडाँडा खेल मैदानमा भएको यस खेलको म्यान […]

Continue Reading

शिखरपुरमा प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

रेडियो मिसन । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ प्रथम वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शिखरपुरमा सुरु भएको छ । वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिति मेलम्ची न.पा. १० शिखरपुरको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर १० को आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा वडा भित्रका ८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ […]

Continue Reading

ईन्द्रवती गाउँपलिका स्तरीय शिक्षक भलिबलको उपाधी नवलपुर मावीलाई

श्री नवलपुर माध्यमिक विद्यालयले इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबलको उपाधी जित्न सफल भएको छ। आज भएको फाइनल खेलमा राजेश्वरी मावि लाई पराजित गर्दै प्रतियोगिताको उपाधी जितेकाे हो। नवलपुर मावीले उपाधी संगै नगद पाँच हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेकाे ५ भने भने क्रमशः दोस्रो हुन सफल राजेश्वरी माविले ३ हजार नगद सहित शिल्ड […]

Continue Reading

इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुरमा सुरु

श्री नवलपुर माध्यमिक विद्यालयको आयोजनामा इन्द्रावती गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता नवलपुर माध्यमिक विद्यालयमा सुरु भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा तथा वडाध्यक्ष क्षेत्र बहादुर तामाङको प्रमुख आतिथ्यमामा प्रतियोगिताको आज उद्घाटन गरिएको हो। प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष तामाङले  यो प्रतियोगिता आफैंमा विशेष रहेको बताउनुभयाे। समाजलाई परिवर्तन गर्ने शिक्षकहरुको बौद्धिकता लाई तिर्खान […]

Continue Reading

राष्ट्रिय गोजुरियो कराते दो संघकाे बागमती प्रदेश स्तरीय भेला सम्पन्न

राष्ट्रिय गोजुरियो कराते दो संघ, नेपालद्धारा बागमती प्रदेश गोजुरियो कराते दो संघकाे भेला ईन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा सम्पन्न भएको छ । राष्ट्रिय गोजुरियो कराते दो संघ, नेपालद्धारा बागमती प्रदेश गोजुरियो कराते दो संघकाे भेला संघका महासचिव प्रकाश चन्दले संचालन गर्नुभएकाे थियाे भने उक्त कार्यक्रममा राष्ट्रीय गोजुरियो कराते संघ नेपालका अध्यक्ष गणेश कार्कीकाे अध्यक्षतामा सम्पन्न भएकाे […]

Continue Reading