इन्द्रावतीमा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुँदै

रेडियो मिसन । इन्द्रावतीमा गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को युवा तथा खेलकुद शाखाको आयोजनामा दोस्रो वडाध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगिता हुन लागेको हो । यही असार १२ (बिहिबार) देखि १४ गतेसम्म चल्ने प्रतियोगिता सहिद स्मृति कभर्ड हलमा संचालन हुने वडाध्यक्ष रविन्द्र खातीले जानकारी दिनुभयो । वडालाई […]

Continue Reading

इन्द्रावती गाउँसभामा विद्यार्थीहरू सम्मानित

नवलपुर । इन्द्रावती गाउँपालिकाको गाउँसभाको आठौँ अधिवेशनमा विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ । गाउँपालिका स्तरीय परीक्षा कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई आज गाउँसभाको अवसरमा सम्मान गरिएको छ। साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गाउँपालिकाबाट जिल्ला स्तरमा सहभागी भई मेडल ल्याउन सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ। पालिका स्तरीय परीक्षामा […]

Continue Reading

इन्द्रावती गाउँपालिका – नीति तथा कार्यक्रम पारित, ९९ करोड ४४ लाख ३० हजार बजेट सभामा पेश

नवलपुर । इन्द्रावती गाउँपालिकाको आठौं अधिवेशनको पहिलो बैठक गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा आज सम्पन्न भएको छ। आज सम्पन्न बैठकमा गाउँपालिकाले ९९ करोड ४४ लाख ३० हजार बजेट सभामा पेश गरेको छ। गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले उक्त बजेट पेश गर्नुभएको हो। आर्थिक वर्ष २०८२/८३ मा आय तर्फ, आन्तरिक आय दहत्र बहत्र समेत रु. १३ करोड […]

Continue Reading

मेलम्ची नगरपालिकाको १८ औं नगरसभा सम्पन्न, एक अर्ब ५३ करोडको बजेट पारित

मेलम्ची नगरपालिकाको १८औं नगरसभा अधिवेशन मंगलबार नगरप्रमुख आइतमान तामाङको सभाध्यक्षतामा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरिएका छन् । नगरप्रमुख तामाङले सभामा प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले पेश गर्नुभएको आर्थिक विधेयक २०८२/८३, […]

Continue Reading

पाटी भन्ज्याङमा पहिरो, बस्तीका दुई घर उच्च जोखिममा

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर ४ पाटिभन्ज्याङ बस्ती पहिरोका कारण जोखिममा परेको छ। एक हप्ता अगाडिदेखिनै उक्त स्थानमा पहिरो गएको र अहिले झन् पहिरोको आकार बढ्दै गएपछि जोखिम बढेको स्थानीय विश्वराम श्रेष्ठले जानकारी दिनुभयो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने क्रममा उक्त स्थानमा भूस्खलन भएका कारण अहिले पहिरो जान थालेको स्थानीयले बताएका छन्। अहिले करिब […]

Continue Reading

जन्मोत्सव दानबाट थाङपालधाप माविका २२ विद्यार्थीलाई छात्रवृत्ति

रेडियो मिसन । पाँचपोखरी थाङपाल-६ स्थित श्री थाङपालधाप माध्यमिक विद्यालयमा विद्यालय स्तरीय अन्तर सदनात्मक सामूहिक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ। “शारीरिक, मानसिक र सामाजिक विकासको मुल आधार – अतिरिक्त क्रीयाकलाप” भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अवसरमा जन्मोत्सव दानबाट २२ जना जेहेन्दार तथा आर्थिक रुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले […]

Continue Reading

पाँचपोखरी थाङपालको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित

रेडियाे मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनबाट आर्थिक बर्ष २०८२–८३ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ । आज निति तथा कार्यक्रम पारित तथा आर्थिक विधेक प्रस्तुत गरिएको गाँउपालिकाका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो । भोलि ९ बजे बाट बिनियोजन ऐन पेश गरि पारित गरेर बजेट प्रस्तुत गरिने उहाँले बताउनुभयो । […]

Continue Reading

तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलुखर्कमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख आतिध्यतामा तालिमको आज समापन गरिएको हो । समापन कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय सरकार सबैको अभिभावक भएकाेले सबै क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । त्यस्तै पत्रकारिता क्षेत्रको समृद्धि पनि इन्द्रावती […]

Continue Reading

पाँचपोखरीका जनप्रतिनिधिको आक्रोस, संघ र प्रदेश सरकारले पाँचपोखरीलाई हेला गर्यो

रेडियाे मिसन । पाँचपोखरी थाङपाल गाउँपालिका गाउँसभाको १७ औं अधिवेशन गाँउपालिका अध्यक्ष टासी लामाको सभाअध्यक्षमा सुरु भएको छ । कार्यक्रममा दलिय प्रतिनिधिको रुपमा शुभकामना राख्दै नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबोले प्रदेश र संघ सरकारले यो गाँउपालिकालाई हेला गरेको बताउँदै सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले बजेटले पर्यटनलाई ध्यान […]

Continue Reading

अविरल इन्द्रावती क्रसरबाट क्रसर बेल्ट चोरी, एक जना पक्राउ

ईन्द्रावति गाउँपालिका वडा नम्बर ११ मा रहेकाे अविरल इन्द्रावती क्रसर उद्योगबाट करिब ६० लाख रुपैयाँ बराबरको क्रसर बेल्ट चोरी भएको छ। चोरी घटनामा संलग्नता रहेको आरोपमा ईन्द्रावति गाउँपालिका वडा नम्बर १० मा रहेकाे एस के बालुवा प्रशोधन प्रालिका वर्तमान सञ्चालक विनोद श्रेष्ठ र विशाल श्रेष्ठलाई अभियुक्त बनाई विरल इन्द्रावती क्रसर उद्योगका सुपरभाईजर नरेन्द्र श्रेष्ठले जाहेरी […]

Continue Reading