इन्द्रावती गाउँसभामा विद्यार्थीहरू सम्मानित

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक


नवलपुर ।

इन्द्रावती गाउँपालिकाको गाउँसभाको आठौँ अधिवेशनमा विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ । गाउँपालिका स्तरीय परीक्षा कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई आज गाउँसभाको अवसरमा सम्मान गरिएको छ।

साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गाउँपालिकाबाट जिल्ला स्तरमा सहभागी भई मेडल ल्याउन सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ।

पालिका स्तरीय परीक्षामा ३ दशमलव ७५ जीपीए ल्याई पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल राजेश्वरी माविका संज्ञा सापकोटा तथा चण्डेश्वरी माविबाट छात्रतर्फ ३ दशमलव ८६ जीपिए ल्याई उत्तीर्ण हुनुभएका विश्वास सुन्दासलाई जनाही २५ हजार नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

साथै दशौँ राष्ट्रपति रनिङ सशिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई मेडल प्राप्त गर्न सफल विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ।

सम्मान कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले आफ्नो भनाइ राख्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक बर्ष सम्मान गर्दै आएको जानकारी दिनुभयो। साथै राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मेडल प्राप्त सहभागीहरूले जिल्लाबाट प्रमाणपत्र दिइसकेको र गाउँपालिकाले पनि थपसम्मान गरेको बताउनुभयो। साथै पठनपाठनकाे क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई मनाेवल बढाउनकाे लागि सम्मान गरिएकाे उहाँको भनाइ छ।

Leave a Reply