अध्यक्ष तामाङको पहलमा महेन्द्र माविका २७० विद्यार्थीलाई स्विटर वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

कुञ्चोक


ईन्द्रावती गाउँपालिका वडा नम्बर २ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयका २ सय ७० जना विद्यार्थीलाई स्विटर बितरण गरिएको छ । आज एक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्विटर वितरण गरीएको हो ।


विद्यालयको शिशु कक्षा देखि कक्षा १२ सम्मका सबै विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । विद्यार्थीको साइज अनुसारको स्विटर वितरण गरिएको विद्यालयले जनाएको छ ।


गु्रप अफ सिंगापुरको हस्ता ला भिष्ताद्धारा विद्यालयलाई सहयोग गरेको संस्थाका नेपाल प्रतिनिधी माधव लामाले बताउनुभयो । नेपाल, कम्बोडिया र भियतनाममा पनि बितरण गर्ने गरेको लामाले बताउनुभयो । आफुले यसअघि पनि कम्प्युटर लगायतका सामाग्री बितरण गरेको उहाँले जानकारी दिनुभयो । बिद्यालयमा शिक्षकले मात्र होइन घरमा बुवाआमाले पनि बालबालिकाको हेरचाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गु्रपमा ६० जना सदस्य रहेको उहाँले बताउनुभयो । सहयोगको भावनाले नेपालमा सामाजिक काम गरेको १० बर्ष भएको र विद्यालय र अनाथालयमा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्याम बहादुर गिरीले आफु निर्वाचीत भएदेखी नै शैक्षिक सुधारको क्षेत्रमा काम गरीरहेको बताउनुभयो । यस्ता खाले कार्यक्रमले शैक्षिक सुधारमा थप बल पुग्ने उहाँले बताउनुभयो । वडा कार्यालय सधै विद्यालयको साथमा रहेको वडा अध्यक्ष गिरीले बताउनुभयो ।


कार्यक्रममा निर्वाचीत जनप्रतिनिधीहरु, विद्यालय व्यावस्थापन समितीका पधादीकारीहरु, शिक्षक अभिभावक संघका पदाधीकारीहरु लगाएत विद्यार्थी र अभिधावकको सहभागिता रहेको थियो ।


कार्यक्रमलाइृ समापन गर्दै विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सञ्जुमाया तामाङले गरेका प्रतिवद्वताहरु पुरा गर्दै गएको बताउनुभयो । विद्यालयमा शैक्षिक सुधारको लागि निरन्तर काम गरीरहने उहाँले बताउनुभयो ।

Leave a Reply