रेडियो मिसन ।
जिल्लाको चर्चित पर्यटकीय क्षेत्र सुकुटेमा पहिलो पटक राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ ।
आगामी माघ १ देखि ५ गतेसम्म पुरुष र महिला दुवै बिधामा सुकुटे करिडोरमा हुने प्रतियोगिता देशकै पहिलो ‘बिच’ भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रथियोगितामा सातवटै प्रदेश र थप तीन टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको र विजेता टोलीहरूले विश्व ‘बिच’ भलिबल प्रतियोगितामा समेत नेपालको प्रतिनिधित्व गर्ने प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।
आन्तरिक र बाह्य पर्यटकका लागि चर्चित गन्तव्यको रूपमा प्रख्यात सुकुटे भोटेकोशी नदी किनारमा अवस्थित छ । ¥याफ्टिङका लागि चर्चित सुकुटे नेपालको पहिलो ‘बिच’ अवधारणाबाट अघि बढेका र यस क्षेत्रमा आयोजना हुने यस प्रतियोगिता ऐतिहासिक हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको संयोजक थापाले जानकारी दिनुभएको छ ।
आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई सो अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरिएको छ ।