मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन : मापदण्ड पालना गर्न आग्रह

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन गरीएको छ । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमिति र मेलम्ची नगरपालिका द्वारा संयुक्त रूपमा क्रसर उद्योगहरुको अनुगमन गरीएकाे राजश्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । ८ क्रसर मध्ये, ३ क्रसर उद्योगहरुको अनुगमन गरिएको हो ।

प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमितिका सदस्य प्रभात तामाङले खोला गहिरो नहँदासम्म खेतबारी र बस्ती डुबानमा पर्छ भनेर सुझाएको बताउनुभयो । ५प्रतिशत स्थानिय प्रभावितलाई खर्च गर्नुपर्ने सोसियल ईन्जिनियरिङ रहेको उहाँले बताउनुभयो । स्थानियको माग पूरा गर्दै उद्योग सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमितिका संयोजक उर्मिला सुनुवारले सुशासन ऐनको कार्यान्वयन, सहजता तथा असजताको बारेमा जानकारी लिनुभएको छ । स्थानियले पाएको सेवाको बारेमा पनि उहाँले चासो राख्नुभएको थियो । दहत्तर बहत्तरबाट प्राकृतिक दोहन भएको छ कि छैन भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । राजस्व नियमित संकलन हुने उद्योगहरुमा स्थानियको माग अनुसार क्रसरले सेवा दिनु खुसिको कुरा भएको बताउनुभएको छ । मापदन्डको पालना गरी समय समयमा सार्वजनिक सुनुवाई गर्नु राम्रो पक्ष भएको बताउनुभयो । स्थानियको संस्कार संस्कृति बचाउन पनि क्रसरले सहयोग गर्नुपर्छ भन्ने विषयमा क्रसर उद्योगहरुले थप सामाजिक उत्तरदायीत्व बढाउनुपर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्ण कुमार तामाङले क्रसर उद्योगहरुले सामाजीक उत्तरदायीत्वमा ध्यान दिनुपर्ने बताउनुभयो । स्थानिय धर्म संस्कृती तथा युवा लक्षित कार्यक्रमहरुमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य कुमारी तामाङले स्थानियको माग के कस्ता छन त्यसमा क्रसर उद्योगहरुले चासोका साथ माग सम्बोधन गर्नुपर्ने बताउनुभयो । साथै स्थानियलाई नै रोजगारी दिनपर्नेमा उहाँले जोड दिनुभयो साथै मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्नुभयो ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले क्रसर उद्योगहरुका कारण नै निर्माण व्यवसाय चलेको बताउनुभयो । स्थानियले रोजगारी पाईरहेको पनि उहाँले जानकारी दिनुभयो । क्रसरबाट संकलीत करले सरकारलाई आम्दानि भईरहेको उहाँले जानकारी दिनुभयो । मेलम्चीमा हाल ८ वटा क्रसर सञ्चालनमा रहेको नगरप्रमुख तामाङले बताउनुभयो ।

मेलम्ची एकोन क्रसर एग्रिगेट प्रालिका सञ्चालक समीर हमालले स्थानियलाई रोजगारी दिएको बताउनुभयो । सिँचाईको ब्यबस्था गर्नुका साथै गत बर्ष २६ हजार टिप माल बिक्रि गरेको जानकारी दिनुभयो ।

वडा नम्बर १३ का वडा सदस्य उद्दव ढुंगानाले स्थानियसंग बसेर छलफल गरीरहेको जानकारी दिनुभयो । साथै सामाजीक कामाम क्रसर उद्योगहरुले पनि हातेमालो गरेको जानकारी दिनुभयो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी प्रमुख, ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख, जनप्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply