सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती ४ मा निर्माण हुन लागेको सहिद स्मृति प्रतिष्ठानको भवन शिलान्यास भएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका अध्यक्ष झम्क पराजुलिले साे भवनकाे शिलान्यास गर्नुभएकाे हाे । शिलान्यासमा नेकपा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला तहका नेता तथा पालिकाका नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू सुरेन्द्र बहादुर दनुवार र क्षेत्र बहादुर तामाङ लगाएतकाे सहभागिता रहेकाे पालिका अध्यक्ष देवेन्द्र दाहालले जानकारी दिनुभयाे ।
निर्माण हुन लागेको तिन तले भवनको बहुउद्देश्यीय रहेने अध्यक्ष दाहालले जानकारी दिनुभयाे । हाल प्रदेश सरकारकाे ३० लाख बजेटबाट निर्माण सुरू गरीने र बाँकि निर्माण सम्पन्न गराउन पहल गर्ने उहाँले जानकारी दिनुभयाे ।
जग्गा प्राप्तिका लागि जनस्तरबाट नगद संकलन गरि १८ लाख ५० हजार बराबरकाे सहयाेग संकलन गरेकाे उहाँले जानकारी दिनुभयाे ।


