रेडियो मिसन ।
मेलम्ची नगरपालिकाको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ । नेपाल सरकार बृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय पाख्रीबास, धनकुटाको आयोजनामा कार्यक्रम भएको हो ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । व्राइट ज्ञानज्योती जेभीले भवनको निर्माण गरेको हो । भवन निर्माण कम्पनीलाई २ करोड १५ लाख भुक्तानी भएको छ ।
विश्व बैङ्क संग सम्झौतामा निर्मित यस भवन बैज्ञानिक भवन छ । भवन बाट पोष्ट मोर्टम, कृषि र भेटेरेनरीको कर्मचारीलाई आवासका साथै कृषि र पशुपालनको लागि छुट्टाछुट्टै सेवा दिने व्यबस्था छ ।
वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले निर्माण अवधि भित्रै सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । यस भवनबाट गुणस्तरिय सेवा प्राप्त गर्न सकिनेमा बिश्वस्त रहेको उहाँले बताउनुभयो ।
मेलम्ची नगरपालिकाका कृषि बिकास शाखा प्रमुख अमरनाथ आचार्यले सोचेको भन्दा धेरै समय अघि यो भवन तयार भएको बताउनुभयो । यसले मेलम्चीको १२ हजार घरधुरी किसान लाभान्वित हुने उहाँको भनाई थियो ।
निर्माण कम्पनी व्राइट ज्ञानज्योती जेभीका प्रोजेक्ट मेनेजर ईन्जिनियर शिरोमणी ढकालले भवन बनाउन नगरपालिका बाट पुरै समर्थन पाएको बताउनुभयो । १२१ बर्ग मिटरमा११ कोठाको भवन बनेको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय पाख्रीबास, धनकुटाका बरिष्ठ कृषि अधिकृत डाक्टर नन्द किशोर यादवको सभाध्यक्षतामा भएको कार्यक्रम कृषि अधिकृत डा. शौरभ श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।